बिछोडको पिडाले भतभती पोल्छ मेरो छाती
तिम्रै यादमा तड्पी तड्पी मर्छु होला म साथी,
एकान्तमा रुदै रुदै तिमीलाई नसम्झिएको दिन छैन
उता तिमीलाई भने मेरो अलिकति पनि पिर छैन,,
तिमिले त माया लायौ अर्कै संग
सार्है बैगुनी/निष्ठुरी रै छौ तिमी बिश्वासघाती,,
बिछोडको पिडाले भतभती पोल्छ मेरो छाती
तिम्रै यादमा तड्पी तड्पी मर्छु होला म साथी,
सायद तिमी बिर्सयौ होला संगै खाएका ती बाचा कसम
अब म मरेर गए पनि तिम्रै साथ खोज्छु म जनम जनम,,
सुत्दा खेरी हरेक रात सपनीमा नि देख्छु तिमीलाई
सायद भाग्यमा लेखेको होला भने
बिपनीमा नि एक दिन अबश्य भेट्छु तिमिलाई,,
बिछोडको पिडाले भतभती पोल्छ मेरो छाती
तिम्रै यादमा तड्पी तड्पी मर्छु होला म साथी,,
