प्रधानमन्त्री प्रचण्डको दश महिने यात्रा कति सफल र कति असफल?

Saturday, 27 May 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बिचार/
किशोर चौधरी (सरिखाँ),,
प्रधानमन्त्री पुष्पकमल दाहाल करिव दश महिना लामो सत्ता नेतृत्वबाट वाहिरिएका छन् । आफनै पार्टीको सहयोगमा बनेको केपी ओली नेतृत्वको सरकारबाट अलग भएर दोश्रो पटक प्रधानमन्त्री वनेका दाहालको कार्यकाल औसत रह्यो । कतिपय एजेण्डा अधुरै रहने पनि स्थानीय तह निर्वाचनको जस लिएर उनले राजनीमा दिएका छन् । २०७३ साउन १९ गते ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित पुष्पकमल दाहालले ९ महिना १९ दिनमा सत्ता नेतृत्व छाडेका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित हुदाँ मधेशी मोर्चाको माग सम्बोधन, तीन महिनाभित्र भुकम्प पिडितलाई राहात तथा स्थानीय तहको निर्वाचन मुख्य प्राथमिकता थियो उनको । केही वाँकी रहे पनि केही हदसम्म त्यसको जस लिएर वाहिरिएका छन् उनी । तर, राजीनामाका लागि तय गरिएको समयमा उनले राजीनामा गर्न पाएनन् । मंगलवार संसदलाई विशेष सम्वोधन गरि त्यहींबाट आफ्नो राजीनामाको घोषणा गर्ने उनको तयारीमा प्रमुख प्रतिपक्षी नेकपा एमाले वाधक वन्यो । अनि, आफ्ना असन्तुष्टि तेस्र्याएर संसद समेत चल्न नदिने एमाले रणनीतिले दाहालको राजीनामालाई एक हदसम्म अन्यौलपूर्ण समेत वनायो । तर, दुई दिन सम्म खल्तीमा रानीनामापत्र वोकेर हिंडेका दाहालले प्रधानमन्त्री कार्यालयबाटै राष्टका नाममा सम्वोधन गरि राजीनाको घोषणा गरे ।

स्थानीय तहको निर्वाचनपछि सत्ता हस्तान्तारणमा सहमति जनाएका दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राजीनामा दिएका हुन् । जुन उनको चाहना भन्दा पनि काँग्रेससंग देखाउनुपर्ने राजनीतिक इमान्दारितासंग जोडिएको वाध्यता हो । जतिवेला दाहाल एमाले गठवन्धनबाट वाहिरिएका थिए, त्यतिवेला ओलीमाथि लागेको मुख्य आरोप भनेको उनले सवैलाई समेट्न सकेनन् भन्ने थियो । तर, दाहाल आफैं प्रधानमन्त्री भएर नौ महिना विताउँदा पनि मधेशी मोर्चाको माग सम्बोधन गर्न सकेनन् । दाहाल सरकारले संबिधान संशोधनका लागि दुई पटक संसदमा बिद्येयक प्रस्तुत ग¥यो तर, त्यसको फिर्ता लिने र दर्ता गराउने काम बाहेक केही उपलब्धि हुन सकेन । २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा कटवाल प्रकरणमा राजीनामा दिएका दाहाललाई दोस्रो कार्यकालमा प्रहरी प्रमुख नियुक्तिको बिषयले तनाव दियो । कार्यपालिका र न्यायपालिका बीचको जुहारीले पनि दाहाल सरकारलाई चुनौती भयो । सो नियुक्ति प्रकरण सर्बोच्च अदालतसम्म पुग्यो सो सुनुवाई अझै टुङगो लागेको छैन्।

प्रधानमन्त्री दाहालले छिमेकी देशसँग सम्बन्ध सुधार गर्ने भन्दै बिशेष दुत पठाउने देखि चीन र भारतको भ्रमण पनि गरे । जसका कारण ब्यवहारमा देखिने गरि यही भयो भन्ने अवस्था छैन । यद्यपी, दाहाल नेतृत्वको सरकारले अपत्यारिलो काम गर्यो, जुन हो राजाधानी लगायत देशका कतिपय ठाउँलाई लोडसेडिङ मुक्त घोषणा । जुन घोषणा भैसक्दा समेत धेरैले पत्याएका थिएनन् त्यसले निरन्तरता पाउनेमा । तर एक हदसम्म दाहाल र उनको दलको खस्किएको साख जोगाउन उज्यालो नेपाल अन्र्तगत लोडसेडिङ मुक्त अभियानले निकै ठूलो सहयोग गर्यो ।

यसवाहेक, स्थानीय तहको निर्वाचनमा पनि प्रधानमन्त्री दाहालले इमान्दारिता देखाए । वीस वर्ष सम्म हुन नसकेको निर्वाचन सम्पन्न गर्नु आफैंमा ऐतिहासिक काम हो । त्यसमा पनि फुट र अब्यवस्थाले आफ्नो दल प्रभावित रहेको थाहा पाउँदा पाउँदै उनी निर्वाचनको पक्षमा रहे । त्यसो त, निर्वाचनले उनको दलगत पदीय हैसियतलाई पनि खस्किन दिएन । राप्रपा भन्दा सानो पार्टी वन्ने कतिपयको आँकलन र आफैं भित्रको आशंका चिर्दै माओवादी केन्द्रले जुन स्थान हासिल गर्यो त्यसको समेत श्रेय दाहालले पाएका छन् ।

यसवाहेक, बहुचर्चित काठमाडौ निजगढ दु्रतमार्ग फास्ट ट्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिनु, ओवोरमा हस्ताक्षर हुनु र २४ वर्षयताकै उच्च आर्थिक वृद्धिदर हुनुलाई पनि उनको सरकारको उपलब्धी मान्न सकिन्छ । अर्कोतर्फ संसदको ठूलो दल कांग्रेस र माओवादीको सत्तासमिकरणमा संसदको ५ सय ९५ मध्ये ३ सय ६३ मत पाएर निर्वाचित भएका दाहालले ओली सरकारलाई अविश्वासको प्रस्ताव दर्ता गराएर बचनमा पक्का नभएको आरोप खेपिरहँदा कांग्रेसलाई सहमति अनुसार सत्ता हस्तान्तरण गरेर बचनमा पक्का रहेको सावित पनि गर्न खोजेका छन् ।।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu