आमाले दिएको खाए झै हुदैन बिदेशमा
बाबाले दिएको लाए झै हुँदैन बिदेशमा,
दु:खको कमाइ छ, पासीनामा डुबि
आफ्नो मनले चाहे झै हुँदैन बिदेशमा,,
डर त्रासले सताउछ परिश्रम गर्दा
पाखामा गीत गाए झै हुँदैन बिदेशमा,
रातदिन खट्नु पर्छ झुकाएर शिर
डिस्को र रोधी धाए झै हुँदैन बिदेशमा,,
तड्पीएर बांच्नु पर्छ मायालुको बिछोडमा
आमाले पस्केर खाना खान पाए झै हुँदैन बिदेशमा,
जिउनु पर्छ सम्झनामा आँसु सँगै
मनको महल छाए झै हुँदैन बिदेशमा
आमाले दिएको खाए झै हुदैन बिदेशमा
बाबाले दिएको लाए झै हुँदैन बिदेशमा,
दु:खको कमाइ छ, पासीनामा डुबि
आफ्नो मनले चाहे झै हुँदैन बिदेशमा,,
लेखक:-प्रजेश थारु /बुद्धभुमी नगरपालिका ३ रनगाई कपिलवस्तु (हल मलेशियामा प्रवासी थारु सेवा समाजको सह-सचिब हुनु हुन्छ ।)