--कविता--
गर्व लाग्छ मलाई नेपाली हुनुमा
प्यारो लाग्छ मेरो जातीय पहिचान ,
बोल्छु मेरो समुदायमा मेरो मातृभाषा
रमाउछु साथी सङ्गीनी सङ मेरै संस्कृतिकमा
त्यसैले गर्वले भन्छु म हु थारुको सन्तान,,
लड्दै छु मेरो अधिकारको लागि
संघर्ष गर्दै छु पहिचान बनाउन ,
थिचिएर मिचिएर बस्दिन अब
लेख्दै छु मेरो इतिहास,,
पहिले बातले सम्झाउ अगर मानेन भने लातले
पहिले म निन्द्रामा थिए लात हानिस सहेर बसे
अब जागी सके पहिले नम्र भाषा बोल्छु,
यति गर्दा पनि मान्दैनौं भने
ईटको जवाफ पत्थरले दिन्छु,,
मेरो हक अधिकार फिर्ता गर
खोसेर लुटेको ,गुमेको अधिकार
अब , सबै फिर्ता गर होईन भने
कायर् होईन रणभुमिमा उत्रन्छु,
वीर थारु सपूत हु डटेर सामना गर्नेछु,,
मेरो हक अधिकार अनि
पहिचानको लागि रणभुमीमा
बलि दिन तयार छु,
अब झुक्ने छैन मेरा शिर मागेर पाइदैन
भने खोसेर लिनेछु,,
कसै सङ जातीय युद्ध
लडेको छैन मेरो हक अधिकार
अनि पहिचान खोजेको हु
तिमी सङ मागेको होइन
तिमी मेरो असल मित्र हौं
पुर्बी काल देखि मेरो इतिहास
थिच्दै , मिच्दै हराएको मेरो पहिचान,
देखाइ देउ सबै जनतालाई
लेखी देउ कहिले नमेटिने गरि
इतिहासको पन्नामा
मेरो हक अधिकार अनि पहिचान
गर्वले भन्छु म हु थारुको सन्तान।।
-बिनोद कुमार चौधरी
जय नेपाल / जय थारुवान
धन्यवाद ।।