खै के भो आजकाल तिम्रो फोन आको छैन !
बिसन्चो पो भयो कित खबर केही पाको छैन!!
सागरबिच छाडि गयौ किनार कहिले पाउछु र खै !
सम्झी बस्छु तिमिलाई नै अन्त माया लाको छैन !!
खै के भो आजकाल फेसबुकमा नि आको छैन!!!
टोलाएर बस्छु तिम्रो यादमा मनभरी कुरा खेलाएर
सम्झनामा आसु बग्छ भनी भेट्न गाको छैन!!
खै केभो आजकाल तिम्रो फोन पनि आको छैन !!
तिमिले दिएको पिडाहरु मेरो लागि क्यान्सर भयो !
दुब्लाउदै गएछु म त बिरामी नि भाको छैन !!
खै के भो आजकाल म्यासेज पनि आको छैन!!!
माया अझै लाग्दो रहेछ तिमी पराइ भए पनि!
विवशताले पराइ भयौ तै पनि म रिसाको छैन !!
खै के भयो आजकाल तिम्रो फोन आको छैन !!!
तिम्रो फोन आको छैन !
गजल लेखक:- -🌹रामदेव चौधरी(जिल्ला बारा)