[[गजल]]
"
हेरी रह्यो आँखा उस्ले, तरी तरी हेरी रह्यो।
खै किन हो मेरै नजिक्, सरी सरी हेरी रह्यो।
हिजो देख्दा नजर झुकाई, हिंडिरहने मान्छे।
आज त्यही नजरले नै, घरी घरी हेरी रह्यो।
कहिले आँखा कहिले जिब्रो, पड्काउँदै यहाँ।
जिस्क्याउँदै बाटाभरी, मरी मरी हेरो रह्यो।
न बोलेर न हाँसेर, दिनभरी मौन बसेर ऊ।
लाटी भा'को अभिनय, गरी गरी हेरी रह्यो।
डुल्दै जाँदा गाँउघरतिर, पंधेरीमा भेट हुँदा।
लजाउँदै घैंटामा पानी, भरी भरी हेरी रह्यो।
"
अंकर 'अन्जान सहयात्री'
पथरैया-4 जबलपुर,कैलाली
Admin
