"महिनावारी"

Friday, 9 June 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

[[कविता]]
"महिनावारी"

भित्रबाटै मृत्यु,
चिच्याई रहेको छ,
पेट दुखाएरै मार्छु भनी ,
सँगै कम्मरमा,
अागो जलाई रहेछ,
हात खुट्टामा,
सिस्नोले झैं पोलाई रहेछ,
लाग्छ मेरो पेटभित्र,
नौ महिने शिशु जन्म लिदैँछ।
काम गर्न मन लाग्दैन,
अालस् तालस,
जुनसुकै बेला पनि लाग्छ,
पृथ्वीमा देह त्याग गरे,
बरु आराम होला,
सोच्ने दर्द दिन्छ,
महिनावारी,
खान मन छैन,
अनुहार पूरै रुञ्चे बनाउँछ,
मानौं दश दिन भोकै बसेको,
बालकझैँ,
म तर्सिन्छु,
लौन !मलाई के भएको ?
सधैंभरि घरमा महारानी झैँ,
मेरै राज चलेको थियो ।
"चुलो देखि चौका सम्म,
चोटा देखि अाँगन सम्म"
वाह!
अौँलाको चुट्की देखि,
जिब्रोको स्वाद सम्म,
परिवर्तन गर्ने म,मेरो हात,
तर
"तिर्खा लाग्दा पानी छैन,
भोक लाग्दा खाना छैन,
"सधैं भरि म बिना घरमा,
पूजापाठ नित्य कर्म नचल्ने,
अाज मैले छेउमा बसेर,
हेर्दा श्राप लाग्ने,
सधैंभरी पबित्र गंगाझैं कञ्चन थिएँ,
अाफ्नै शरीरमा भएको,
रगत बग्दा अपबित्र भएँ,
अाज एक्कासि मेरो शरिरबाट,
फोहोर दुर्गन्धित रगत बग्दा,
सासू अामा भन्नुहुन्छ,
ए ! सुन् त बुहारी,
भण्डार कोठा नछोएस,
तँ महिनावारी भएको छस् ।
श्रीमान् भन्नुहुन्छ !
भान्सा छुदाँ नछुने भएको रे,
मैले छोएको खान नहुने रे,
चरेसको थाल ,
लोटा,अाँखोरा मैले नछुनु 'रे,
नधुनु 'रे म नछुने भएको छु 'रे
तर
एउटै अोछ्यानमा,
मानौं एउटै लम्पटमा,
बेरिएर सँगै सुत्न मिल्ने,
श्रीमान चुपचाप मेरो गन्ध,
शरीरमा रगतले भरिएको,
प्याट पन्छाएर वाह!
मज्जा भयो,भन्नुहुन्छ,
तर
किन ? भन्नुभएन ?
अाज, तँ महिनावारी भएको छस् ??
किन ?
कठै! म मेरो महिनावारी,
कहिल्यै अन्त्य हुन्छ ??
महिनावारीको छुवाछूत ।।
"
सन्ध्या सापकोटा
हाल: इन्दोनेशिया
Admin: Ankar chaudhary
           अंकर 'अन्जान सहयात्री'

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu