........पत्ता लगाउनुछ।

Tuesday, 18 July 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

[[गजल]]
"
बकुल्ला के को, दाउमा छ पत्ता लगाउनुछ।
पोखरिमा या, तलाउमा छ पत्ता लगाउनुछ।

बर्षौ  भैसक्यो  मन,  चन्चल  हुन थालेको।
अब कस्को,बहकाउमा छ पत्ता लगाउनुछ।

छ   यस्तो  केही  उपाय  भने, भन्नुस यार।
यो दिल कस्को, नाउमा छ पत्ता लगाउनुछ।

सजाउथे हिजोअस्ति, आफैले त्यो चाँदनी।
आज कस्को, सजाउमा छ पत्ता लगाउनुछ।

न लाग्छ फुलकै जस्तो,न भमराको जस्तो।
फुल कस्को, बचाउमा  छ पत्ता लगाउनुछ।
"
अंकर 'अन्जान सहयात्री'
जानकी गाउँपालिका-8
जबलपुर, कैलाली

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu