बौद्ध महासंघको सहयोगार्थ आयोजित ड्म्फु साझ भब्य सम्पन्न

Thursday, 4 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,
सोनामनोर्बु बोम्जन तामाङ,,
मलेसिया:=२०१८ जनवरी १ तारीख सोमबार तामाङ बौद्ध महासंघ मलेसिया र नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाको संयुक्त आयोजनामा पन्च बर्शिय बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपि प्रशिक्षण सहयोगार्थको लागि ” प्रथम डम्फु साँझ सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
मलेसियाको राजधानी कोलालम्पुर नजिकै रहेको केलाङ चौतारी रेस्टुरेन्टमा भएको उक्त  कार्यक्रममा नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघको तर्फबाट अमेरिकामा सप्पन्न भएको आदिवासी चलचित्र महोत्सवमा तिन वटा बिधामा अवार्ड जित्न सफल तामाङ कथानक चलचित्रहरु मध्येमा उत्कृष्ट मानिएका र सम्पुर्ण दर्शकले अत्याधिक मन पराएका तामाङ कथानक चलचित्र ” सेम ताबा म्हि ” (मन परेको मान्छे) लाई best tamang movie of the year अवार्ड पनि वितरण गरिएको थियो भने सेम ताबा म्हि तामाङ चलचित्रको च्यारिटी सो समेत प्रदर्शन गरिएको थियो ।

फिल्मको च्यारिटी सो पछि नेपाल बाट पाल्नु भएका अतिथी तामाङ कथानक चलचित्र `सेम ताबा म्हि´ ( मन परेको मान्छे ) को निर्माता तथा डाइरेक्टर राजकुमार मोक्तान तामाङ र नायक रितु राज पाख्रीन तामाङलाई भब्यताका साथ सम्मान गरिएको थियो । साथै प्रथम डम्फु साझ सास्कृतिक कार्यक्रममा ताम्बा मिग्मार मोक्तान तामाङ र नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघका कलाकारहरुको बेजोड साङ्गितक प्रस्तुतीहरु सङ्गै नायक तथा फिल्म लेखक रितुराज पाख्रीन तामाङ र राज कुमार मोक्तान तामाङले पनि आफ्नो कला प्रस्तुत गरेको थियो भने उपस्थित अतिथिहरुलाई ताम्बा गित द्वारा ताम्बा मिग्मार मोक्तान तामाङ र कोष बोम्जन तामाङले स्वागत गर्दै नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघका अध्यक्ष फुर्बा दोर्जे मोक्तान तामाङले पनि मन्तव्य राखी स्वागत गरिएको थियो भने कार्यक्रम संचालन महासचिव सागर योन्जन तामाङले गरेका थिए।

कार्यक्रममा पन्च बर्शिय बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपि प्रशिक्षण कार्यक्रमको लागि सहयोग सोरुप बुद्ध रास्ट्र नेपाल अभियानका संस्थापक  फूपू तेम्बा शेर्पा पिनासा ज्यु बाट rm ५०१ सहयोग गर्ने बाच गर्नु भएको छ भने  तामाङ समाज मलेशियाका अध्यक्ष चर्क तामाङ महासचिव छेवाङ तामाङ तथा कोषध्यक्ष भिम लोप्चन तामाङ द्वारा rm ४०० सय सहयोग तामाङ बौद्ध महासंघ मलेसियाका महासचिवलाई हस्तान्तरण गरिएको थियो।कार्यक्रमको सभापति तामाङ बौद्ध महासंघ मलेसियाको महासचिव सोनामनोर्बु बोम्जन तामाङ हुनु हुन्थो भने प्रमुख अतिथि आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष  फूपू तेम्बा शेर्पा पिनासा, बिशेष अतिथिमा फिल्म निर्माण तथा डाइरेक्टर राज कुमार मोक्तान तामाङ अतिथिहरुमा शेर्पा किदुग मलेसियाका अध्यक्ष: तेन्जी शेर्पा, नेपाल मगर संघ मलेसियाका बरिस्ठ उपध्यक्ष दिपु पुलामी, तामाङ समाज मलेसियाका अध्यक्ष चक्र तामाङ, पर्देशी धामाका का प्रबन्ध निर्देसक रमेश  पौडेल, भोजपुर सेवा समाजका सहसचिब: रबिन राई नेपाल प्रावसी सितोरियो कराते संघ मलेसियाका सदस्य राम तिथुङ तामाङ, चौतारी रेस्टुरेन्टका संचालक राजु श्रेष्ठ , हिमालय अवार्डका म्यानेजिङ डाइरेक्टर राम चेम्जोङ राई , नायक तथा लेखक रितुराज पाख्रीन तामाङ , तामाङ दाजुभाइ दिदिबहिनी लगायत गैर तामाङ दाजुभाइ दिदी बहिनीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा ताम्बा लगायत साङ्केतिक कोसेली प्रस्तुत गरेका तामाङ कलाकारहरुलाई खादा तथा सम्मान पत्र प्रधान गरि सम्मान गरिएको थियो भने बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपि प्रशिक्षन कार्यक्रम सफलताको सुभ कामना साथै साथै बौद्ध धर्म शिक्षा प्रतेक नेपालीले बुज्नु पर्ने र   यो कार्य हाम्रो गाउँ घरमा अतिनै  आवस्यकता रहेको विभिन्न सङ्ग सस्थाका प्रदिनिहरु द्वारा जानकारी गराउदै यो अति नै  महत्त्वपूर्ण कार्यमा सकेको सहयोग गर्ने बाच पनि गर्नु भएको थियो

प्रथम डम्फु साझ सास्कृतिक कार्यक्रमको बिशेष प्रायोजक , केलाङ चौतारी रेस्टुरेन्ट , मन्डला रेस्टुरेन्ट केयल, फुलबारी रेस्टुरेन्ट निलाई , युनिक फेसन सप केयल ज तथा नेपाली किचेन रेस्टुरेन्ट सेरेवान , थियो भने अन्त्यमा ताम्बा गित द्वारा मिग्मार मोक्तान तामाङ र गायक तथा  संगीतकार कोष बोम्जन तामाङले बिदाई गर्दै तामाङ बौद्ध महासंघ मलेशिया महासचिव तथा सभापति सोनामनोर्बु बोम्जन तामाङले कार्यक्रम मा उपस्थित सम्पुर्ण अतिथि , कलाकार तथा दर्सकहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरिएको थियो |

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu