मलेसियामा तामाङहरुले ग्याल्पो ल्होसार कार्यक्रम धुमधामले मनाउने

Thursday, 8 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
फेब्रुअरी ८ तारिख/बिहिवार/मलेसिया:=तामाङ बौद्ध महासंघ मलेसियाको आयोजनामा ग्याल्पो ल्होसार सांस्कृतिक साँझ कार्यक्रम २०१८ हुने भएको छ।
यहि महिनाको १८ तारिख केलाङ चौतारी रेष्टुरेन्टमा दिउँसो २:०० बजे पन्च बर्षिय बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण सहयोगार्थको लागि सो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको तामाङ बौद्ध महासंघ मलेसियाका महासचिव सोनाम नोर्बु तामाङले जानकारी गराउनु भयो।

ग्याल्पो ल्होसार सांस्कृतिक साँझ कार्यक्रममा अतिथि कलाकार स्वरुप नेपालबाट अहिलेको युवाबर्गहरुको मन मुटुमा बस्न सफल युवा गायक तथा सङ्गितकार आरबी लामा तामाङको विशेष प्रस्तुति रहने छ्न।साथै  मलेसियामा रहेर साङ्गितिक छेत्रमा आ-आफ्नै छुट्टै  पहिचान बनाउन सफल कालाकारहरु कोष बोम्जन तामाङ , रमिता श्याङ्तान तामाङ , कबिन योन्जन तामाङ , ताम्बा मिग्मार मोक्तान तामाङ , हिमाल दोङ तामाङ , सरोज बोम्जन तामाङ , र्यापर गायक जेम्स तामाङ , अग्नि बोम्जन तामाङ , सुदिप घिसिङ तामाङ , तेन्जिङ लामा तामाङ , पासङ तामाङ , टुल्कु फोङ तामाङ , मोड्ल तथा उद्घोषक प्रनिता रुम्बा तामाङ , मोडल तथा डान्सर कृन्जल योन्जन तामाङ , डान्सर राज तामाङ लगायतको पनि नृत्य तथा गायन प्रस्तुति रहने र अन्तर्राष्ट्रिय कराते खेलाडी राम तामाङ र दोर्जे तामाङको कराते खेल पनि प्रदर्शन गरिने आयोजकले जानकारी गराउनु भयो।

तामाङ बौद्ध महासंघ मलेसिया आयोजक र तामाङ बौद्ध महासंघ साँस्कृतिक बिभाग संयोजक रहेको यस् कार्यक्रमको प्रायोजकमा मन्डला रेस्टुरेन्ट,शुभ कामना सपिङ सेन्टर,चौतारी रेस्टुरेन्ट केलाङ,युनिक फेसन,नेपाली किचेन रेस्टुरेन्ट ,नेपाली प्रवासी सितोरियो कराते संघ मलेसिया नेपाल म्हारम्हेन्दो तामाङ कलाकार संघ मलेशिया रहेका छ्न।
त्यसै गरि मिडिया पार्टनरमा हमार सनेश ड्टकम,सैलुङ अनलाइन,नाम्साधिम अनलाइन,नयाँ अनलाइन रहेका छ्न।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu