हेटौंडामा दोस्रो थारु माघी महोत्सव भब्य मनाउने/थारु नाचगान,खानाको प्रदर्शनी।

Wednesday 8 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हेटौंडा := प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा बसोबास गरिरहेका थारु समुदायले भब्य रुपमा माघी महोत्सव आयोजना गरि माघी,तिला सङ्क्रान्ती मनाउने तयारी थालेका छ्न ।

२०७६ साल आउदो महिना माघ १ गते हेटौंडा स्थित भुटनदेवी स्कुलको चौरमा थारु कल्याणकारीणी सभा मकवानपुर,थारु महिला सभा,थारु युवा सभा,थारु बिद्यार्थी सभाको संयुक्त आयोजनामा तथा विभिन्न संघसंस्थाको सहयोग,सहकार्यमा "दोस्रो माघी महोत्सव २०७६" मनाउने,आयोजना गर्ने तयारी थालिएको थारु बिद्यार्थी सभा मकवानपुरका अध्यक्ष बिद्यार्थी नेता राजेश चौधरीले जानकारी दिनु भयो ।

महोत्सवको मुख्य आकर्षणमा थारु समुदायको साँस्कृतिक नृत्य,थारु जातीको एतिहासिक बस्तुको हस्तकला,सिपकला प्रदर्शनी,थारु जातिको एतिहासिक दस्ताबेजको प्रदर्शनी,आन्तरिक तथा बारह्य कलाकारको साथमा नाचगानको प्रदर्शनी,थारु खाना परिकार घुङ्गी,बगिया,ढिकरी,भुजाको लडु,तिलको लडु,माछा फ्राई सहितको स-शुल्क स्टलको ब्यवस्था लगायत रहेको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu