राम दहित/कैलारी अनलाईन,,
धनगढी:= कमैया प्रथा उन्मुलन समाजले धनगढी उप–महानगरपालिका वडा नं. १७ उर्मा स्थित मिलनपुर मुक्त कमैया शिविरमा तरकारीको वीउ वितरण गरेको छ ।
मुक्त कमैयाहरुको दीगोजिविकोपार्जनको लागि क्रिसियन एड नेपालको आर्थिक सहयोगमा तरकारीको वीउ वितरण गरिएको हो ।कमैया प्रथा उन्मुलन समाजको वकालत तथा अनुगमन अधिकृत रामचन्द्र चौधरीले मिलनपुर मुक्त कमैया शिविर धनगढी बजार नजिक रहेकोले उहाँहरुलाई तरकारी खेतिमा सहयोग गरेको बताए ।
तरकारी उब्जनी भएपछि विक्री वितरण गर्न सजिलो र भरपर्दो रहेकोले यहाँका मुक्त कमैयाहरुलाई थोरै भएपनि तरकारीको विउ वितरण गरेको जानकारी दिए ।
मुक्त कमैयाहरुसंग जमिन थोरै भएकोले उनीहरुलाई प्रति परिवार एक कठ्ठामा तरकारी खेति अनिवार्यरुपले गर्नुपर्ने उदेश्यका साथ लौका, भिन्डी, करेला, काक्रो र बोडीको बीउ ४८ घरधुरीलाई वितरण गरेको हो । कमैया प्रथा उन्मुलन समाजका उपाध्यक्ष बर्खुप्रसाद चौधरीले सो वीउ वितरण गरेका हुन् ।

मुक्त कमैया शिविरमा पुरुष कामको सिलशिलामा प्रया घर बाहिर रहेकोले घर चलाउने काम सबै महिलाहरुको जिम्मेवारी हुने गरेको उपाध्यक्ष चौधरीको भनाई छ । एक कठठमा रोपेको तरकारी खानालाईपनि पुग्ने र बचेको तरकारी विक्री गरि घरखर्च चलाउन सजिलो हुने विश्वा रहेको बताए ।