रेशम साङ्लोमा बाँधिएको छ ! (एकपटक अवश्य पढ्नुहोस्)

Tuesday, 28 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सनी लिम्बु,,
ऊ निरंकुशहरुको साङ्लोमा बाँधिएको छ
बर्वर विभेद र दासताको दाम्लोमा बाँधिएको छ,

थिएनन् कुनै व्यक्तिक स्वार्थ
न त कुनै बैभवताको लालसा
थियो त केवल मुक्ति र स्वतन्त्रताको चाहना
मुलुक भित्रै मुलुकी फूलेको सपना
त्यसैले त उसलाई बाँधिएको छ,
स्वतन्त्रता, सामानुपातिक, समावेशी नायकीको दुश्मनी
ऊ माथि साँधिएको छ,

सक्दैनन् उसलाई देख्न
दासताका तिक्षणीत नजरहरुले
जो निदरीमा पनि टोक्छन्
सन्ध्यामा पनि टोक्छन्
टोकेरै, चुसेरै बाँच्ने बानी भैसकेकाहरु
भेट्टिएको सिकारलाई पनि बाँडचुड नगर्नेहरु
जसरी पनि लखेट्न खोज्छन् दैविक कुचिकारलाई
किनकि,
एक्लै खान रुचाउँछन् सिनोलाइ जंगली हुँडारहरु

सिंहदरवारतिर गाँइगुई हल्ला चल्यो अरे !
एउटा महान नेता पश्चिमबाट चढाइको विगुल फूक्दैछ ।
ए एक्लै छैन,
ए सँग लाखौँ, सदियौंदेखि पिल्सिएका
उत्पीडितहरुको झुण्ड छ अरे !
प्रकृति र मूलमाटो संगै वासना साँधिएका
वलिष्ठहरुको अगुवाइ गर्दैछ अरे !
ऊ लिगलिगेमा षड्यन्त्रको सिकार भएका
घलेहरुको साथमा छ अरे !
पश्चिमी दाङ्गको दंगीशरण, रोल्पा रुकुमका मगर
अनि,
पूर्वका बुढा सुब्बाको पनि वकालत गर्छ अरे !
उसको मागमा देश छैन
देश टुक्रयाउने सपना देखेको पनि होइन
उसले त भूमिपुत्रहरुको भूमिको वकालत मात्रै गरेको हो
आफ्नै बस्तीका झुपडीमा सजिएका संस्कृतिको
हकमात्रै मागेको हो
उसको गर्जनमै सिंहदरवार हल्लिन्छ ?
त्यो उसलाई थाहा थिएन
गर्जनमै मित्रता पहिचान गर्न नसक्नेहरुको
आज ऊ सिकार भएको छ
आफ्नैले आफ्नैलाई पचाउन नसक्नेहरुको
विकार भएको छ,
त्यसैले त आज ऊ, निरंकुशहरुको साङ्लोमा बाँधिएको छ
बर्वर विभेद र दासताको दाम्लोमा बाँधिएको छ,

ऊ बलिष्ठ छ, बाहुवली छ,
त्यसैले त उसको मोल छ
सामान्ति हाटबजारमा जञ्जीरले बाँधिएर कुँज्याइएको भएपनि
फलामे साङ्गलो टुटाउन सक्ने ऊ सँग
हिम्मत छ, अदम्मे सहास छ
पहिचानको तराजुमा सबैभन्दा गह्रुंगो
ढक कहलिएको रेशम आज
पहिचानी जंगलको सम्राट बन्छ भनेरै त होला
आफन्तिको सुराकीमा उसलाई
सिकारको पासोमा पारिएको छ
बुझ हो ! जनजाति हो ?
आफुलाई मूलवासी भन्नेहरु हो ??
आदिवासी कहलाइनेहरु हो ???
हामी सबैका अगुवा, मुक्तिदाता, पहिचानवादी नेता
रेशमलाई आज
निरंकुताको साङ्लोमा बाँधिएको छ
बर्वर विभेद र दासताको दाम्लोमा बाँधिएको छ !!!

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu