काठमाडौं := अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री , थारु समुदायबाट प्रतिनिधित्व गर्ने एक मात्र राजनेता विजयकुमार गच्छदार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलगायत १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हाे। अख्तियारले भ्रष्टचार मुद्दा दायर गरेसँगै गच्छदारको सांसद पद स्वत निलम्बनमा परेको छ। गच्छदार सुनसरीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
नेकपा महासचिव बिष्णु पौडेललाई उन्मुक्ति :
ललिता निवासमा जग्गा किनेका नवीन पौडेलले आफ्नो नामको जग्गा नेपाल सरकारलाई छाडिदिन मञ्जुर भएका छन्।अनुसन्धानका क्रममा अनुसन्धान अधिकृत समक्ष जग्गा छाड्न तयार भएपछि पौडेलविरुद्ध अख्तियारले जग्गा जफत प्रयोजनका लागि समेत प्रतिवादी बनाउन आवश्यक नपरेको निर्णय गरेको छ । नवीन नाबालक हुँदा उनका पिता हाल नेकपाका महासचिव विष्णु पौडेलले ८ आनाको दुई कित्ता जग्गा ललिता निवासमा खरिद गरेका थिए। सर्वोच्च अदालतका बहालवाला न्यायाधीश कुमार रेग्मीले पनि जग्गा छाडिदिन आफू मञ्जुर रहेको बताएपछि उनलाई प्रतिवादी बनाइएको छैन।
पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव नेपाल तथा पूर्व मन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेल र तत्कालीन मुख्यसचिव लिलामणि पौडेलविरुद्द भने मुद्दा दायर गरिएको छैन , ईनिहरुलाई खुल्ला छाडिएको छ।
पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा नेकपा महासचिव विष्णु पौडेललाई मुद्दा नचलाइएको तर गच्छदार लगायतलाई चलाइएकाले अख्तियारले पार्टी र व्यक्ति छानेर मुद्दा दायर गरेको त होइन भन्ने प्रश्न उब्जिएको कांग्रेस नेता राम चन्द्र पोडेलले बताए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्विट गर्दै माधव नेपाल र विष्णु पौडेललाई छोडेर गच्छदारलाई मात्र मुद्दा चलाइएकोमा आश्चर्य प्रकट गरेका छन्।