हमार सनेश सहकर्मी ,,
मोरङ/उर्लाबारी:= सुरुवाती दिनमा ४० रुपैयाँमा लेबर काम गरेर पछिल्ला दिन हरुमा सफल हुँदै जानुभएका मोरङ उर्लाबारी —९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले आफ्नो एकल लगानीमा स्थानीय सार्वजनिक माविलाई मञ्च निर्माण गरिदिनुहुने भएको छ । श्रेष्ठले ट्रस सहितको पक्की मञ्च निर्माण गरिदिनुहुने भएको हो ।
मञ्च निर्माणको काम सुरु भईसकेको छ । आफ्नो गाउँघरको सामुदायिक विद्यालयको समस्यामा सानो सहयोग गरुम भनेर मञ्च निर्माण गरिदिने भएको समाजसेवी श्रेष्ठले बताउनुभयो । विद्यालयका व्यवस्थापन समिति र शिक्षकहरुले श्रेष्ठलाई सहयोगको लागि हात फिजाउनुभएको थियो । पठन पाठन राम्रो भएपनि विविध समस्याले गुज्रिएको उक्त स्कुलमा व्यवस्थित मञ्च नहुँदा भने जस्तो कार्यक्रम गर्न असहजता थियो । मञ्च निर्माण पछि विविध कार्यक्रम गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक टंक दुलालले बताउनुभयो । उहाँले शिक्षासेवी श्रेष्ठको योगदान विद्यालयले कहिल्यै नबिर्षिने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुरुराज आङबुहाङले विद्यालयमा मञ्च निर्माणमा सहयोग पुर्याउनहुने श्रेष्ठलाई धन्यवाद प्रकट गर्नुभएको छ । मञ्च बन्ने भएपछि अब कार्यक्रम गर्न सहज हुने भएको छ , आङबुहाङले भन्नुभयो, सरकारी स्तरबाट श्रोत प्रर्याप्त सहयोग जुटाउन नसकिरहेको अवस्थामा उहाँको सहयोगले विद्यालयले मुहार फेर्ने भएको छ ।
श्रेष्ठले यस अघि स्थानीय प्रभात आधारभुत खोपिँडाडामा पनि मञ्च निर्माण गरिदिनुभएको थियो । यस्तै,उहाँले सोहि विद्यालयमा घेराबारामा सहयोग, रंगरोगन गरिदिनुभएको थियो । उर्लाबारी—९ कै राजघाट निमाविमा पनि उहाँले गेट निर्माण गरिदिनुभएको थियो । श्रेष्ठले गाउँघरमा सडक बत्ति,बाटो निर्माण,खेलकुद लगायत विविध पाटामा थुप्रै सहयोग गरेको स्थानीयको भनाई छ ।
