थाकस महाधिवेशन सन्दर्भमा सनि लिम्बुको कविता : थारुहरु

Tuesday, 25 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := थारुहरुको धरोहर थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनमा यतिबेला केन्द्रीय राजधानी काठमाडौंमा चलिरहेको छ। महाधिवेशनमा देखिएको विवाद र थारुका विभिन्न मुद्दामा राजनीतिक जालोले ढाकिरहेको बेला सबैको सर्वमान्य समाजिक संस्थामा राजनीतिक फोहोरी खेल नहोस् भन्ने हेतुले लेखिका सनि लिम्बुले यो कविता तयार गरेका हुन्।

सनि लिम्बु।
अझैपनि आजपनि चेत्या छैनन् थारुहरु
तीनपानेले भुइँमा खुट्टा टेक्या छैनन् थारुहरु

कोइ बन्धु झ्यालखानामा कोइ प्रवास भएपनि
दुर्दशामा ताली पिट्न छोड्या छैनन् थारुहरु

धन सम्पत्ति, इज्जत हुर्मत, अस्मिता लुटिएनि
एक आपसमा अझै लड्न छोड्या छैनन् थारुहरु

लुकीलुकी हुँइया गर्ने, देख्दा सुइकुच्चा ठोक्ने
अझै, आन्दोलनको विगुल फुक्दै हिँड्या छन् रे थारुहरु

बैरीलाई सम्मानको फेटा लगाइ सरपञ्चसामु
भेद खोल्दै धनसारको साँचो बुझाउँदैछन् थारुहरु

फुटफुटमा भत्तेर गर्छन्, जाँडको छेलोबेलो गर्छन्
तर भोलि,
एक अम्खोरा माडको लागि रुने होलान् थारुहरु

            (source :-tharuwan.com)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu