हमार सनेश सहकर्मी ,,
मलेसिया/क्वालालम्पुर:=आज मिति २०७५ असाेज १३ गते सनिवार २०१८ गत अगस्ट ९ देखि १२ तारीख सम्म मलेसियाको राजधानी कोलालपुरमा सम्पन्न भएको पाचौं एसियन प्यासिफिक हायासी-हा सितोरियो काई कराते प्रतियोगिता बाट नेपालको प्रतिनिधित्व गरि मेडल भित्र्याउन सफल नेपाल हायासी- हा सितोरियो काई संघ डोका खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम युवा तथा खेलकुद मन्त्रालयका सचिब श्री मोहन कृष्ण सापकोटाको प्रमुख आतिथ्यतामा सफलता पूर्वक भब्यताका साथ सम्पन्न भएको छ।
सम्मान तथा पुरुस्कार बितरण कार्यक्रममा उपस्थित विशिष्ट अतिथिमा मान्य सभासद श्री गनेश दुलाल र श्री दिपेन्द्र श्रेष्ठ विशेष अतिथिमा नेपाल अाेलम्पिक कमिटीकाे उपाध्यक्ष श्री पुरेन्द्र विक्रम लाखे जेष्ठ नागरिक केन्द्रकाे अध्यक्ष तथा बरिस्ठ कलाकार श्री मदन दास श्रेष्ठ भु पू निजामती कर्माचारी संगठनका अध्यक्ष श्री बालकृ गिरी भू पू जियम तथा समाज सेवी श्री अात्मराम राजवंशी ,२९ वडा अध्यक्ष श्री कुश ढकाल अतिथि हरूमा गाैरीशंकर स्कुलकी प्रिन्सिपल श्री लालकुमारी विष्ट मैतिदेवी स्कुलकाे प्रिन्सिपल विजय नीउ समिट स्कुलकाे भाईस प्रिन्सिपल श्री रामु खड्काथाेकी भू पू ईजराइल राजदूत श्री प्रलाद प्रसाईं गाैतम बुध्द कार्डियाक अस्पतालकाे प्रशासकीय अध्यक्ष लगायत महान व्यक्तित्वहरूकाे भब्य उपस्थिति रहेको थियो ।
सम्मान् तथा पुरस्कार पाउने ब्यक्तिहरुको नमावली क्रमश: निम्न प्रकारको रहेको छ। :-
१. रामकृष्ण तामाङ - प्रमुख प्रशिक्षक/केन्द्रीय महासचिव तथा अन्तर्राष्ट्रिय निर्णायक
२. प्रकाश राज पान्डे- केन्द्रीय सदस्य तथा प्रथम सगरमा अाराेही स्काउटर
३. ईन्द्र कुमार बस्नेत - केन्द्रीय सदस्य तथा 5th Hayashi Ha championship Team Manager
४. कर्ण बहदुर राई - स्वर्ण पदक धारी भेट्रान्स समुहा
५. नाेर्बु तामाङ - स्वर्ण पदक धारी -८४ के.जी
६. मतिना महर्जन - रजत पदक धारी -५० के.जी
७. गाेमा थापा - रजत पदक धारी -५५ के.जी
८रिवाज गिरी- कास्य पदक धारी -५० के.जी अन्डर १३
९.अस्मिता प्रजा-कास्य पदक धारी -६१ के.जी
१०.दल बहादुर तामाङ-कास्य पदक धारी -५५ के.जी
११.तुलाराम धामी- कास्य पदक धारी -६५ के.जी
मेडलिष्ट खेलाडीहरू लाई नेपाल हायसी-हा कराते संघले चेकद्वार क्रमश:
स्वर्ण -रू २०,०००/-
रजत- रू १५,०००/-
कास्य- रू १०,०००/-
सम्मान पत्र काे साथ हस्तान्तरण गरिएको थियो ।
साथै जुनियर बेल्ट तथा सर्टिफिकेट लिनेमा केन्द्रीय डाेजाे अनामनगर, गाैरीशंकर स्कुल, मैतिदेवी स्कुल र नीउ समिट स्कुल गरी १३५ जना खेलाडीहरूका अभिभावकहरू बाेर्डका सदस्य गुरूहरू, सिनियर तथा जुनियर खेलाडीहरू गरी ३०० जनाकाे उल्लेखनीय सहभागिता रहेको थियो ।
सम्मान तथा पुरुस्कार बितरण कार्यक्रमको आयोजना नेपाली हायासी-हा सितोरियो काई कराते डो संघ नेपाल तथा घट्टेकुलो बिकास सजाजले गरेको थियो I अन्तमा नेपाली हायासी-हा सितोरियो काई कराते डो संघ नेपालका अध्यक्ष तथा सभापति श्री शिव राजवंसिले सम्पुर्ण पदक बिजेता खेलाडीहरुलाई बधाई तथा सुभ- कामना दिनु हुँदै कार्यक्रमको समापन गरेको जानकारी प्रमुख प्रशिक्षक अन्तर्राष्ट्रिय रेफ्री हायासी- हा सितोरियो काई कराते संघ नेपालका सस्थापक तथा सचीव रामकृष्ण तामाङले नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका महासचिव तथा हाम्रा सहकर्मी सोनामनोर्बु बोम्जन तामाङलाई जानकारी दिनु भएको थियो I
