Friday, 28 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी
कपिलवस्तु/ ९ असाेज,

    नव थारु गायक उत्तम चाैधरीकाे सुमधुर सांगीतिक अावाजमा सजिएकाे "मन करे सनसन" गीतको म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । शिवराज न.पा.५, दक्षिण रहतकाेल घर भएका चाैधरी पछिल्लो समयमा सांगीतिक क्षेत्रमा जमने बताएका छन् । 

     साे म्युजिक भिडियोमा बिवश चाैधरी र अमृता चाैधरीकाे अभिनय रहेकाे छ भने संगीतमा राष्ट्रिय थारु गायक श्रीनिवास चाैधरी रहनुभएकाे छ । त्यसैगरी संगीत संयाेजनमा गणेश चाैधरी रहेका छन् भने गीत मिक्सिङमा प्रकाश केसी रहेका छन् । यसैगरी छायांकनमा सतिश सिंह रहेका छन् भने उक्त गीतकाे रेकर्डिङ ड्रिमस रेकर्डिङ स्टुडियोमा भएकाे थियाे । 
     
     "मन करे सनसन" गीतकाे बाेलमा अाफ्नै स्वर र शब्दमा रहेका नव गायक चाैधरीले बताएका छन् । हाल भने उक्त गीतकाे भिडियो CS Films धनगढीकाे युटूब चयनलबाट गत शनिबार सार्वजनिक भएकाे हाे ।

     त्यसैगरी विगत लगभग ७ बर्ष देखि सांगीतिक क्षेत्रमा प्रयासरत नव गायक उत्तम चाैधरी अहिले अाफू निकै हर्षमय रहेकाे बताए । २०६९ सालमा नव गायक उत्तम चाैधरी कपिलवस्तु जिल्ला अाईडल टपमा परेका थिए । अार्थिक अवस्था कमजोर रहेकाेले अाफू पछि परेकाे र विगत केही बर्ष पहिले नै "बाटाे माेडी नाता ताेडी" भन्ने जस्ता नेपाली गीत लगायत थारु गीत पनि उत्पादन गर्न अधुरो रहेकाे  बताउँदै उनले भने कसैबाट सहयाेग पाए सांगीतिक क्षेत्रमा निकै फड्काे मार्ने थिए समेत उनले बताए । 

     सांगीतिक क्षेत्रमा प्रवेश गर्दै-गर्दा पारिवारिक लगायत बाह्य सहयाेग राम्राे नरहेकाे गुनासाे पाेखेका थिए त्यसकाे बाबजुद पनि अाफू सफल भएकाे जिकिर गरेका छन् । सांगीतिक क्षेत्रमा अाफू सफल भए नव प्रतिभालाई समेत अगाडि बढाउन प्राेत्सहन गर्ने समेत चाैधरीले बताएका छन् ।

     नव गायक चाैधरी करिब २ बर्ष जति रेडियाेकर्मी भएर कार्य गरेकाे बताउँदै अाफू शारीरिक अशक्त रहे पनि सांगीतिक क्षेत्रमा अाफू परिचित भएर समाजमा अाफ्नाे छुट्टै पहिचान बनाउने समेत उनले बताए ।
यो पनि हेर्नुहोस
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu