टीकापुर घटनाको साक्षी वकपत्रको कार्य अन्तिम चरणमा

Tuesday, 25 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
धनगढी:=टीकापुर घटनाको साक्षी वकपत्रको कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ ।
३ वर्ष पछि टीकापुर घटना मुद्धाअन्तर्गत जिल्ला अदालत कैलाली वादी र प्रतिवादी पक्षका साक्षी बुझी बकपत्र गराउँने कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।

बादी तर्फका वकालत गरिरहेका अधिवक्ता गजेन्द्र केसीले साक्षी वकपत्र अन्तिम चरणमा पुगेको बताए । आज (सोमबार) पनि बादी पक्षबाट ५ जना साक्षीको वकपत्र सकिएको उनले जानकारी दिए ।
बादी र प्रतिबादीको तर्फबाट ३० जना साक्षीहरुको मात्रै वकपत्र बाँकी रहेकोले १२ गते सम्म साक्षी वकपत्र सकिन उनले जनाए । भने त्यसपछि प्रमाण बुझेर साक्षी आदेश जारी हुने बताए । वकपत्रमा वादी पक्षका ३५ र प्रतिवादी पक्षका ५० जना गरी ८५ जना साझी अदालतमा उपस्थित रहेका छन् ।
२०७२ भदौ ७ गते भएको टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका अभियुक्तलाई जिल्ला अदालत कैलालीले भाद्र २४ गतेदेखि साक्षी वकपत्रको लागि उपस्थित गराइरहेको छ।

घटनाको अभियोगमा ’सांसद’ रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका लागि कारागार चलान गरिएका छन् ।
थरुहटरथारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडप हुँदा एक नाबालकसहित ८ प्रहरीको ज्यान गएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu