गायन संगै मोडलिङमा समेत चम्किदै करण चौधरी (भिडियो सहित हेर्नुस् र सेयर गर्नुस्)

Sunday, 5 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
सुनसरी := नेपाली गितसंगीत क्षेत्रमा जस्तै थारु भाषाको गितसंगीतको बजार पनि दिनानुदिन तातिने क्रमसंगै थारु समुदायको गायक,गायिका,मोडल कलाकारहरुको संख्या बढ्दै छ।त्यस्तै बिगत ३ बर्ष देखी संगीत क्षेत्रमा लागी पूर्वीया थारु भाषाको गितहरु गाएर दर्शक क्ष्रोताहरुको मन जित्न र दर्शकहरु माझ एकदमै लोकप्रिय बन्ने होडबाजीमा लागीपरेको नयाँ नाम हुन करण चौधरी ।

स्नातक तेस्रो बर्षमा अध्यनरत साङ्गितिक क्षेत्रमा औँधी रुचि राख्ने चकलेटी अनुहारका धनी सुनसरी जिल्ला बर्जु गाउँपालिका वडा नम्बर ३ निवासी करण चौधरी अहिलेसम्म लगभग दर्जन जति थारु र राजबंशी भाषाको आधुनिक गितहरुमा आफैंले स्वर दिई सकेको छ भने " तोर बिना " नामक आधुनिक एल्बम समेत निकालेको छ ।
चौधरी गायन संगै मोडलिङ गर्दै ४,५ वटा गीतहरुमा मनमोहक अभिनय समेत गरेको छ ।


त्यस्तै करण चौधरी र मार्टिना चौधरीले अभिनय गरेको ,करण संगै अनुमा चौधरीको सुमधुर स्वरमा सजिएको " कहे हम नै साक्छुन " बोलको नयाँ गितको आधुनिक म्युजिक भिडियो चौधरीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिईएको छ ।
करण चौधरी आफैं निर्माता ,आनन्द चौधरी सह- निर्माता रहेको उक्त भिडियोमा निर्देशन रत्न जोशी,छायांकन उत्सव दाहालको रहेको छ भने बलबहादुरले म्युजिक भरेको छ ।
तलको लिङ्ल क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :- 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu