दाइजो प्रथा के हो ? यसले पार्ने असरहरु...

Thursday, 12 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बिनोद चौधरी,,
दाइजो बिवाह पश्चात् दुलहीको मातापिता (माइती पक्ष) ले छोरीलाई दिएको धन सम्पत्ति , रुपैयाँ -पैसा अथवा सामान-जिन्सीलाई दाइजो भनिन्छ। दाइजो दिने लिने प्रचलन दाइजो प्रथा हो। दाइजो दिनेर लिने चलन नेपाली समाजमा पहिले देखि नै प्रचलनमा पाइन्छ। दाइजो प्रथा कुप्रथा हो। नेपालको तराई क्षेत्रमा आजभोलि यसको प्रयोग दिनप्रतिदिन नकारात्मक रूपमा बढी रहेको छ। हाम्रो समाजमा दाइजो नल्याएको भन्दै जीउँदै जलाउने, बहुविवाह गर्ने र छोरी जन्माएको भन्दै मानसिक यातना दिने जस्ता महिला हिंसा बढ्दै गएको छ भने अन्य थुप्रै किसिमका नकारात्मक घटनाहरु हाम्रो समाजमा निम्त्याइ रहेको छ।

दाइजो प्रथा अहिले पुर्वी थारु समुदायमा तीब्र गतिमा मौलाउदै गएको पाइन्छ। दाइजो प्रथाले गर्दा बिवाह जस्तो पबित्र बन्धनको महत्त्व घट्दै गएको छ भने थारु समुदायमा बाल बिवाहा ,अन्तरजातीय बिवाहा , बहुविवाह, भागीबिवाहा , जस्ता विकृति दिनप्रतिदिन बढ्दै गएको छ।
दाइजो प्रथाले गर्दा छोरीका आमाबाबुले छोरीको सानै उमेरमै बिवाहा गर्न बाध्य छन्। यदि सानै उमेरमा छोरीको बिवाहा गर्न नसके भोलिको दिनमा ठुलो मुल्य चुकाउनु पर्ने मानसिकता बोकेका हाम्रा थारु समाजले छोरीको उज्ज्वल भविस्यको लागि उच्च शिक्षाको बारेमा सोच्नु भन्दा पनि केहि लेनदेन गरि जतिसक्दो छिटोभन्दा छिटो बिवाहा गर्दिने चलन छ। हाम्रो समाजले छोरीलाई बोझ सम्झने गर्छन् । बेपारीले जस्तो, जब बोराको आलु कुहिने डर हुन्छ तब उसले त्यो आलु सस्तो दाममा बेच्छन् वा त्यो बोरा आलुको साथमा कुनै अफर दिएर ग्राहकलाई लोभ्याउने काम गर्छन। ठिक हाम्रो समाजले पनि सोही तरिका अपनाउने गरेका छन जब छोरीको  बिवाहा गर्ने उमेर हुन्छ तब छोरीको साथमा धन सम्पत्ति , सवारी साधन दाइजोमा दिने अफर गर्छन्। यसरी के देखिन्छ भने हाम्रो समाजमा छोरीको कुनै अस्तित्व र महत्त्व नरहेको , केवल आवश्यक पुरा गर्ने साधनको रुपमा प्रयोग हुँदै आएको बुझिन्छ। बिवाहा पश्चात् पराइ घर जाने भएकोले उच्च शिक्षाकालाई खर्च गर्नु भन्दा  सो रकम बराबरको दाइजो दिए छोरीको वैवाहिक जीवन सुखद रहने हाम्रो समाजको ठम्याइ छ। यसरी छोरीको भविस्य माथी खेलवाडगरि दाइजो स्वरुप दिएको धन सम्पत्तिले क्षणिक भर खुसी मिल्न सक्छ तर पुरा जिन्दगी अन्धकारमा बिताउन बाध्य हुन्छन। यसरी बिवाहा जस्तो पबित्र बन्धनमा घृणित हर्कत गरि लेनदेन जस्ता कुरिती दाइजो प्रथालाई समयमै रोक्न नसके थारु समुदायमा ठुलो क्षति पुर्याउनुका साथ घरवारविहीन हुने निश्चित देखिन्छ।
उहिले हाम्रा पुर्खाहरुले बेहुलीको माइतालुलाई कन्योती तिरेर कन्या भित्र्याउने चलन थियो भने बेहुलीको बुबाआमाको स्व-इच्छाले दाइजो स्वरुप घरगृहस्तीमा आवश्यक पर्ने सामाग्री दिने प्रचलन थियो। त्यस बखत दाइजोलाई महत्त्व दिएको थिएन।स्व-इच्छाले दिने लिने चलन थियो।तर , आज सोही दाइजो प्रथाले गर्दा गरीब घरका परिवारले माग अनुसारको दाइजो दिन नसक्दा छोरी चेली बुढी कन्ने भएर बस्न बाध्य छन भने बिवाहा भए पनि आफुले रोजे चाहे अनुसारका जीवन साथी पाउदैन। गरिव घरका छोरी चेली बाध्य हुन्छन् आफू भन्दा दोब्बर उमेरका पुरुष सँग बिवाहा गर्न । समयमै बिवाहा नहुदा आफ्ना दौँतरीको मन मिल्ने युवा भेटिएमा अंतर जातीय भागी बिवाहा समेत गर्दै आएका छन। यसरी हाम्रो थारु समाजका केहि स्वार्थी जमिनदार सम्पत्तिवालाहरुले निम्त्याएको विकृति आजभोलि गरिव परिवारका लागि दाइजो अभिश्राप बनेको छ भने जमिनदार सम्पत्तिवालले प्रतिस्पर्धाका रुपमा लिएका छन। आफ्नो छोरीलाई दाइजोमा जति धेरै धन सम्पत्ति दिएका हुन्छन् , सो भन्दा बढी आफ्नो छोराको लागि दाइजो माग गर्छन् । 

यसरी के बुझिन्छ भने दाइजो लिनेदिनेमा स्वयं आफै दोषी रहेकोे हुन्छ। त्यसैले दाइजो प्रथालाई अन्त्य गरि नमुना समाज निर्माण गर्न चाहानु हुन्छ भने पहिले तपाई हामी नै यसको विरुद्धमा उत्रनु पर्छ। तपाई हाम्रो सोच परिवर्तन गर्नुपर्छ। घरमा छोरी जन्मेको दिन देखि दाइजोको लागि धन सम्पत्ति जोडनु भन्दा पनि  उनको उज्ज्वल भबिस्यको बारेमा चिन्ता गर्नु पर्छ। दाइजोमा दिने धन सम्पत्ति उनको उचित शिक्षामा खर्च गर्नु पर्छ, क्षमताको बिकाश गर्नुपर्छ र आत्मनिर्भर बनाउन पर्छ। छोरीको अनुहारमा आफ्नो आमाको रुप हेरौं आमाले आफ्ना आमाबाबु ,आफन्त सारा खुशी त्यागी तिम्रो भबिस्यको चिन्ता गर्छन् र परिवारको खुसीका निमित्त दिन रात नभनी दुख कष्ट सँग लडि रहन्छन्। लक्ष्मी तिम्रो घरमा छोरीको  रुपमा जन्म लिन्छन् । बिवाहा पश्चात् पराइ घर देवीको रूपमा प्रवेश गर्छन् र त्यस घरको सदैव रक्षा गर्छन् । त्यसैले छोरीलाई हेला हैन मान संमान र इज्जत गरौं। धन्यवाद ........
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu