हमार सनेश सहकर्मी,
कुलदिप चौधरी,,
सुनसरी:=रामधुनिको सुनसरीमा थारु कलाकारहरुलाइ एकै क्षुत्रमा बाध्न थारु संास्कृतिक तथा चलचित्र संघ सुनसरीले पिकनिक(वनभोज)को आयोजना गरेको छ । थारु संास्कृतिक तथा चलचित्र संघ जिल्ला कार्यसमिति सुनसरीले थारु समुदायमा रहेका होनहार कलाकारहरु,ओझेलमा परेको हुनाले सम्पुर्ण कलाकारहरुले गरि रहेको कामको मेहनतको उच्च मुल्यांकनका निम्ति सो कार्यक्रमको आयोजना गरेको हो।
संस्थाकि अध्यक्ष जानकी चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा थारु संास्कृतिक तथा चलचित्र संघका केन्द्रिय अध्यक्ष तथा थारु महानायक परशुराम चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै थारु समुदायका होनहार कलाकारहरु थारु समुदाय बाटै अपहेलित भै पछाडि परेकाे बतााउनु भयो। चौधरीले थारु समुदायको संस्कृतिक कार्यक्रमहरु जस्तै माघी, जितिया,फगुवा,शिरुवा आदि पर्वहरुमा गैर थारु कलाकारहरुलाइ महगो रकममा खरिद गरि कार्यक्रम चलाइ रहेकोले थारु कलाकारहरु ओझेलमा परेको बताउनु भयो। यसै गरि थारु पत्रकार संघ नेपालको केन्द्रिय सदस्य कुलदिप चौधरीले यसरिनै थारु समुदायको हरेक कार्यक्रममा गैर थारु कलाकारहरु बाट कार्यक्रम गरिराखियो भने थारु कला,संस्कृति हराएर जाने खतरा हुने बताउनु भयो। यसै गरि थारु पत्रकार संघ नेपालको जिल्ला कार्यकारी अध्यक्ष सुनिल चौधरीले थारु कला संस्कृति उजागरका निम्ति यस संघले मह्त्वपुर्ण भुमिका खेलेको बताउनु भयो।
कार्यक्रममा सुनसरी मोरङकका गायक ,रचनाकार ,संगीतकार,चलचित्रकर्मी, नायक ,नायिका ,निर्माता , संचारकर्मी रमेश चौधरी र वरिष्ठ हास्य कलाकार कुल्दिप चौधरी उपस्थिति रहेको थियो साथै गायक देब कृष्ण ,आरसी,भिबास,दिनेस,अनु चौधरीले आ-आफ्नो प्रस्तुति देखाएका थिए ।सो बनभोज कार्यक्रममा था.सा.च.संघका कलाकारहरुले मनमोहक नृत्य प्रसतुत गरेका थिए भने सुनिल चौधरीले विभिन्न ट्रयाकमा गितहरु गाउदै कार्यक्रम संचालन गरेका थिए । हामी सम्पुर्ण कलाकारहरु एक हौ भनी नाच्दै गाउदै कार्यक्रम समापन भएको थियोे ।
