बाम गठबन्धनले निर्णय नसच्याए प्रदेशको सिफारिस विरुद्ध उम्मेदवार खडा गर्ने:-वीरमान थारु

Sunday, 4 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:=माओवादी केन्द्रमा प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको विषयमा विवाद सुरु भएको छ।
प्रदेश इञ्चार्जले छलफल नै नगरी एकलौटी ढंगले सिफारिस गरेको भन्दै असन्तुष्ट पक्षले त्यसको विरोध गरेका छन् भनेर नेपाल लाइभ डटकमले समाचार छापेको छ।
प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि शुक्रबार माओवादीको प्रदेश कार्यालयले डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस गरेको थियो।

प्रदेश इञ्चार्ज लेखराज भट्ट र सह-इञ्चार्ज लक्ष्मणदत्त जोशीले प्रदेश कमिटीमा छलफल नै नगरी मुख्यमन्त्रीमा नाम सिफारिस गरेको भन्दै असन्तुष्ट सांसदहरुले त्यसको विरुद्धमा उम्मेदवार उठाउने तयारी गरेका छन्।
मुख्यमन्त्रीका आकांक्षी वीरमान थारुले नेतृत्वले निर्णय नसच्याए प्रदेशको सिफारिस विरुद्ध उम्मेदवार खडा गर्ने बताए।

थारुले भने, ‘नेतृत्वले यस विषयमा हामीसँग आवश्यक छलफल नगरेको खण्डमा प्रदेशबाट हामी आफ्नो उम्मेदवार उठाउनेछौं। तर म आफैं भने उठ्नेछैन।’
थारु बहुल प्रदेश मानिएको प्रदेश नम्बर ७ मा माओवादी केन्द्रले वाम गठबन्धनको सहमति अनुसार मुख्यमन्त्री र उपसभामुख पद पाएको थियो। 

यस्तै, माओवादी केन्द्रले प्रदेश नम्बर ६ मा पनि प्रादेशिक सरकारको नेतृत्व गर्नेछ। प्रदेश नम्बर ६ ले भने मुख्यमन्त्रीको सिफारिस गरेको छैन। सो विषयमा चाँडै निर्णय गरिने प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले बताए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu