हमार सनेश ड्टकम ,
आरएन चौधरी थारु,,
क्वालालम्पुर (मलेसिया):= नेपाली हिन्दु धर्मावलम्बी लगायत नारी,महिलाहरुको महान चाड हरितालिका तिजको पावन अवसरमा " मलेसियामा रहेका नेपाली कलाकारहरु एक हौं " नेपाली मौलिक गित संगितको संरक्षण गरौं " भन्ने मुला नाराको साथ नेपाली कलाकार संघ मलेसियाको आयोजनामा तिज विशेष कार्यक्रम २०१९ हुने भएको छ ।
मलेसियामा कार्यरत नेपाली कामदारहरु जो नेपाली कलाकारितालाई माया गरि विश्व सामु चिनाउने उदेश्य सहित केही महिना अगाडी मात्रै कलाकारिता क्षेत्रमा आबद्द रहेका कलाकारहरु मिलेर स्थापना गरेको नेपाली कलाकार संघ नामक संस्था स्थापनाको यो पहिलो प्रस्तुति रहेको सह-सचीव मिखु लोप्चन तामाङले बताए।
तामाङको अनुसार यो तिज विशेष कार्यक्रम यहि अगस्ट महिनाको १८ तारिख आईतवारको दिन केलाङ चौतारी रेष्टुरेन्टमा हुने भएको छ , उक्त कार्यक्रममा उत्कृष्ट प्रस्तुति,कला देखाउने १/१ जना डान्सर,गायक,गायिकालाई आयोजकको तर्फबाट मायाको चिनो सहित अवार्ड समेत प्रदान गरिनेछन भने स्थानीय कलाकारको प्रस्तुती संगै टाईगर डान्स टाईगर कमेडी ग्रुपको विशेष प्रस्तुती रहने छ्न ।
पुजा योन्जन र संघको महासचिव डिएस थापा संयोजक रहेको यस् कार्यक्रमलाई साथ दिनेमा कलाकार संघ परिवार संगै फुर्वा दोर्जे मोक्तान तामाङ , राजु क्ष्रेष्ठ , बिष महरा , भेसराज बस्नेत लगायतको रहनु भएको छ ।