काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम अधिवेशन तथा दोस्रो बार्षिकोत्सवको साथमा संस्कृतिक कार्यक्रम भब्य सम्पन्न।

Tuesday, 28 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

क्वालालम्पुर (मलेसिया):= मलेसियाको क्वाललम्पुर स्थित ग्राण्ड कन्टिनेन्टल होटेलमा २६ जनवरी २०२० आइतबार काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम अधिवेशन तथा दोस्रो वार्षिकोत्सब साथमा संस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।


नेपाली दुतवास मलेसियाका राजदुत महामहिम उदयराज पाण्डेको प्रमुख अतिथि र अन्तर्राष्ट्रिय तामाङ परिषद् सचिव रोबिन थिङ तामाङको बिशेष अतिथिमा सम्पन्न उक्त कार्यक्रममा राजनितिज्ञ, व्यवसायी,विभिन्न संघसंस्था का पधाधिकारी, नेपाल बाट अमन्त्रीत तामाङ कलाकारहरुको उपस्थिति थियो। अधिवेशन संयोजक गणेश थिङ तामाङको स्वागत मन्तव्य बाट सुरु गरिएको उक्त कार्यक्रममा संस्थाको सस्थापक अध्यक्ष उर्गेन थोकर तामाङको सभापतित्व रहेको थियो।


“सम्पुर्ण काभ्रेली एक होअौ” भन्ने मुला नाराका साथ काभ्रेलीहरुको छाता संगठन काभ्रे कल्याणकारी समाज मलेसियाले आफ्नो स्थापनाकाल देखि नै विभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था काभ्रे कल्याणकारी समाज मलेसियाले क्रियाशील संघ संस्थाहरूसँग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने गृह जिल्ला तथा गैर जिल्लाका मलेसियामा अलपत्र परेका श्रमिकहरूलाई विभिन्न अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको थियो।

संस्थाको जोहोर शाखाको अध्यक्ष विजय दोङले सस्थाले अफ्नो मन्तव्य राख्दै सस्थाले गरिएको प्रगति विवरण पेश गर्दै हाल सम्म २२ वटा अभिनय चलाउद कुल रकम नेपाली रुपैयाँ १,५९९,८९१ दुई बर्षमा सहयोग हस्तान्तरण गर्न सफल भएको जानकारी दिनुभयो। संस्थाको पुरानो कार्य समिति लाई बिगठन गर्दै सबैको सर्व सहमतिमा नव कार्य समिति गठन गरि चयन गरेको थियो।


पदाधिकारीहरु :

१) अध्यक्ष :- मिलन ठकुरी
२) बरिस्ठ उपाध्यक्ष= राजमान स्याङतान तामाङ
३) पहिलो उपाध्यक्ष =दिनेश थिङ
४) दोश्रो उपाध्यक्ष = चमेलि बोम्जन
५) महासचिव:-श्याम थिङ तामाङ
६) सचिव = चलाख सिँँ तामाङ
७) कोष अध्यक्ष – पासाङ पाख्रीन
८) सहकोषध्यक्ष=अविरल मोक्तान

कार्यसमिति सदस्यहरु :

१) छेवाङ पाख्रिन
२) बुद्दिमान तामाङ
३) नमराज मैनाली
४) नोर्बु तामाङ
५) बिल तामाङ
६) सबिन तामाङ
७) माया तामाङ
८) देब कुमार तामाङ
९) बिजय थिङ

प्रमुख संरक्षक : उर्गेन थोकर तामाङ

संयोजकहरु :
१) जोहोर सम्योजक – असिम तामाङ
२) पेनाङ सम्योजक – बुद्धिमान तामाङ
३) केएल सम्योजक – मिलन दोङ

सल्लाहकारहरु :

१) अम्बर बहादुर वाईवा
२) जगत सिङ तामाङ
३) भोज दोङ तामाङ
४) गुणमान मोक्तान ५)बिजय दोङ
६) लनम तामाङ

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu