क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाति महासघं मलेसियाले यहि अगष्ट ११ तारीख आईतवारको दिन २५ औं आदिवासी दिवस मलेसिया स्थित नेपाली राजदुतावासको सभाहलमा एक भब्य कार्यक्रम गरि मनाउने भएको छ ।
" विश्व भर छरिएर रहेका आदिवासी जनजातीहरु एक हौं "
" अधिकार प्रतिनिधित्व र स्वशासनको लागी आदिवासी जनजातीको अडान "
" पहिचान सहितको संघियताको लागी संविधान संशोधन हाम्रो साझा अभियान "
भन्ने मुल नाराको साथ आयोजना गर्न लागिएको उक्त कार्यक्रममा नेपाली राजदुतावासका प्रतिनिधि यहाँ रहेका विभिन्न जातीय पहिचान बोकेका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र बैदेशिक रोजगारमा रहेका नेपाली श्रमिक,ब्यवसायिकहरुको विशेष उपस्थिति रहने छ ।

सो कार्यक्रममा मलेसियामा रहेर समाज र राष्ट्रको लागि योगदान पुर्याउने आदिवासी जनजाती समुदायका खेलाडी , कलाकार, पत्रकार , लेखक तथा साहित्यकार समाजसेवीहरुलाई सम्मान गरिने योजना समेत बनाईएको महासंघ मलेसियाका महासचिव सबिन लोप्चन तामाङले बताए ।
साथसाथै आदिवासी जनजातिहरुको संस्कार र संस्कृति झल्कने जातिय झाकी,नृत्य पनि प्रस्तुत हुने छ्न ।