खाडी मुलुकमा श्रम गर्न गएका मान महतो बने मालिक !

Thursday, 8 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

प्रकाश बञ्जारा,,
यूएई :=कुनै समय दुबईको लुलु हाईपर मार्केटमा रोस्ट्रि सेक्सनमा  सुपरभाईजरको रुपमा लुरु लुरु हाकिमको अर्डर अनुसार काम गर्ने नवलपरासीका मान महतो हालै दुवईको व्यस्त बजारको एउटा मिठाई पसलमा भेटिए । ‘फाइन एग्रो फुडस्टफ ट्रेडिङ्ग एलएलसि’ नाम दिइएको पसलमा आफ्नो मिनि क्यालकुलेटरमा हिसाब निकालिरहेका महतो अरु कसैको पसलमा काम गरिरहेका थिएनन्, अब भने उनी मालिक भएर आफ्नै नयाँ मिठाई पसलको हिसाबकिताव मिलाउन व्यस्त थिए।
सन् २००५ मा युएइ आएका महतोले १३ वर्ष कम्पनीमा काम गरे । काम गर्दै जाँदा चिनजान र धेरैसँग घुलमिल हुन पाएका कारण आज आफ्नै पसल खोल्न सकेको बताउने महतो अरुको जागिरबाट जिविकोपार्जन मात्र गर्न सकिने बताउँछन्।

भविष्यमा एक सफल व्यवसायी हुने लक्ष्यका साथ अघि बढेका महतोका मुख्य ग्राहक नेपाली नै हुन् । नेपालीको पसल भएकाले धेरै नेपालीहरु नै आउने गरेका, तर चकलेटका लागि अरु ग्राहक पनि आउने उनले बताए । 
अघि बढ्नका लागि व्यवसाय गर्नुपर्ने महसुस गरेपछि आफू पसलतर्फ आकर्षित भएको बताउने महतो यो क्षेत्रमा आउन चाहानेहरुलाई आफ्नो बुद्घि पुर्याएर काम गरे सफल हुन सकिने बताउँछन् ।
“केही गर्न चाहनेहरुका लागि सफलता आफैंमा निर्भर छ, त्यसका लागि सही समय र ठाउँमा सही व्यवसाय छनौट गर्न जान्नुपर्छ ।’ उनले भने ।

यहाँका प्रवासीहरु स्वदेश फर्कदा आफन्त र प्रियजनलाई कोशेलीको रुपमा चकलेट लैजाने गर्छन । यहीकारण समेत चकलेटका उत्पादनहरुको बजार यहाँ निकै ठूलो छ । यही संभावना देखेर महतोले पनि चकलेटमा केन्द्रीत भई मिठाई पसल खोलेका हुन् । 
दुवईमा महतोको पसल नेपालीले सञ्चालन गरेको दोस्रो चकलेट पसल हो । नेपाली ग्राहकलाई आकर्षित गर्दै खोलिएका यी पसलहरुको बोर्डमा नेपाली झण्डा राखिएको हँुदा टाढैबाट आफ्नोपन झल्कने भएकोले नेपाली कामदार सजिलै आकर्षित हुने गरेका व्यापारी सुनाउँछन् ।

पछिल्लो समय दुवईमा नेपाली रेस्टुरेन्टका साथै ट्राभल्स , कपडा पसल, सुनचाँदि पसल खोल्ने क्रम समेत बढेर गएको छ । यसको सोझो अर्थ हो, दुुबईमा काम गर्न आएका नेपालीहरु बिस्तारै आफ्नै व्यवसाय बिस्तारतर्फ केन्द्रीत हुन थालेका छन्।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu