हमार सनेश सहकर्मी ,,
क्वालालम्पुर (मलेसिया) := मलेसियामा नेपाल तामाङ घेदुङको ऐतिहासिक पहिलो अधिबेशन केही समय अगाडी मात्रै सम्पन्न गरिएको थियो।
त्यसै अनुरुप कार्यसमितिको पहिलो बैठक मलेसिया घेदुङको अध्यक्ष राजेन्द्र वाइबाको अध्यक्षतामा विविध कार्य योजना र सदस्य/विभागीय प्रमुख मनोनयन सहित आइतवार सम्पन्न गरिएको छ ।
घेदुङको बार्षिक कार्य योजनाहरु : -
१) कार्यसमिती संचालन गर्नको निमित्त सर्वसहमती बाट आर्थिक कोष निर्माण गरिने छ ।
2) सदस्यता पत्रको ढाचा निर्माण गरि 1000 जना साधरण सदस्य बनाउने उद्देश्य लिदै प्रती सदस्य RM 50 बितरण गरीने छ। क्षेत्र र ईकाई लाई केन्द्र ले लाई नै सदस्य पत्र पठाउने उक्त सदस्य पत्र बाट आम्दानी भएको मुनाफा ५०% केन्द्र लाई बुझाउनु पर्ने छ।
३) टिसर्ट मा अगाडि घेदुङ मलेसिया केन्द्रको लोगो राखी पछाडी सन्देश मुलक शब्द राखेर 500 बितरण गरि संस्था को आर्थिक कोष बलियो बनाउने।
४) टिसर्ट सक्किसके पछि लगत्तै ल्होछारको दिन खुल्ने गरि भाग्य चिट्ठा आयोजना गर्ने जस अन्तरगत 1500 ओटा चिट्ठा बिक्री गर्ने लक्ष राखी अघि बढ्ने र उक्त चिठ्ठा कार्यक्रम ल्होछारको दिन खोलिने।
५) २८५६ औं सोनाम ल्होछार बृहत तरिका ले आफ्नो भाषा,धर्म र संस्कार झल्काउने गरि मनाउने।
६) मलेसियाको कुना कुना मा छरीएर बसी रहनु हुने तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु लाई पहिचान र अस्तित्व बारे बुझाउने ।
७ नेपाल तामाङ घेदुङ मलेसियाले
नेपालमा आर्थिक कम्जोर र पारिवारिक स्थिति हेरेर तामाङ बिद्यार्थी लाई छात्रवृत्तिको ब्यबस्था गरि दिने र धर्म संस्कार बाट बञ्चित समुदायमा बसोबास गर्ने तामाङ हरुले निर्माण गर्ने गुम्बा छ्योर्तेन लाई घेदुङ मलेसियाको निर्णय अनुसार सहयोग गर्ने निर्णय गरेको हो ।
अधिबेसन पछि हिजोको पहिलो बैठक बाट केही थप सदस्य र बिभाग प्रमुख मनोनीत गरेको छ ।
जस मध्ये मनोनीत सदस्य :-
१=कमल कुमार तामाङ
२=छबि लाल बोम्जन
३=अजय डिम्डिम
४=रमेश तामाङ
५=मनिष थिङ
सूचना तथा सञ्चार बिभाग प्रमुखमा मिलन लामा लाई मनोनीत गरिएको महासचिव सबिन लोप्चन तामाङले जानकारी दिनु भयो ।