कैलारी अनलाईन,/राम दहित,,
धनगढी:= धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गुरही पर्व धनगढीमा भब्यताका साथ मनाईएको छ।
थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व धनगढीको गुरही चौकमा सामूहिक रुपमा गुरही पर्व मनाइएको । कार्यक्रमका प्रमुख अतिथी धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड रहेका थिए । त्यस्तै विशिष्ट अतिथीहरुमा उपप्रमुख सुशिला मिश्र भट्ट रहेकी थिईन् ।
विगत एक दशक यता थारु समुदायले आफ्नो हकअधिकार तथा पहिचानको रुपमा मनाउँदै आएको गुरही पर्वलाई यस वर्ष पनि चाडवर्ड संरक्षण सम्वद्र्धन सहित हकअधिकार तथा पहिचानको रुपमा मनाएको हो ।
थारु समुदायको चाडको शुरुवातको रुपमा गुरहीपर्व लाई लिइने गरिन्छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने भएकोले यस पर्वलाई थारु समुदायले देशैभरका थारु समुदायले धुमधामकासाथ मनाउने गर्दछन् ।
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने हो । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ ।