मलेसियामा अस्पतालको शैयामा छटपटाउदै सन्देश/नेपाली दूतावास मुखदर्शक ।

Thursday, 7 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

क्वालालम्पुर (मलेसिया):= मलेसियामा बिगत ६ बर्ष देखि कार्यरत सन्देश कार्की यतिबेला बिरामी परेर अस्पतालमा छ्टपटाईरहेका छ्न ।

मलेसियाको सेलाङ्गर राज्यमा अवस्थित (ROSSI Designe Marketing Sdn Bhd) नामक कम्पनीमा गोर्खाज एसोसियट प्राइभेट लिमिटेड नामक म्यानपावरबाट आई बैधानिक रुपमै काम गर्दै आईरहेका दैलेख जिल्ला चामुन्डा बिन्द्राशैनी नगरपालिका ५ का स्थायी निवासी सन्देश कार्की गत अक्टोबर ६ तारिख अकस्मात् बिरामी परेका थिए । 
बिरामी परे लगतै उनलाई सुङ्गाईबुलो अस्पतालमा उपचारको लागी आईसियुमा भर्ना गरिइएको थियो , तर आईसियुमा राखेर उपचार गर्दा खर्च महङ्गो पर्ने हुनाले कार्की कार्यरत कम्पनीले उपचारमा सघाउन आनाकानी गर्न थाले , त्यसपछि डाक्टरले अहिले जेनेरल वार्डमा राखेर उपचार गरिराखेको भएपनि डाक्टरकै भनाई अनुसार उपचारमा कम्पनीले चासो नदेखाएकोले बिरामीको ज्यान जान सक्ने खतरा बढेको बढाए ।

यता बिरामी कार्कीको उपचारमा सघाउन अथवा मलेसियामा उपचारको सम्भावना कम भए सकुशल नेपाल् फिर्ता गराईदिनु हुन नेपाली राजदुतावास मलेसियामा नेपाल् देखी वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा पत्राचार गरिएको छ , तर दूतावासले यश बिषयमा खासै चासो नदिइएको , लापरबाही गरिराखेको पारिवारिक क्ष्रोतको भनाई रहेको छ।

हाल बिरामीको अवस्था एकदमै नाजुक रहेको र अहिले सम्म पनि होसमा नआएको अस्पतालमा पुगि भेट गरेर फर्केका प्रत्यक्षदर्शीले जानकारी गराउनु भयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu