भिसा सकिएको बिदेशी श्रमिकलाई स्वदेश फर्काइदै ,नेपाल् सरकार भन्छन:अहिलेनै श्रमिकलाई नेपाल नल्याउने।

Tuesday, 5 May 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा जनवरी १ देखि यतासम्म भिसा सकिएका बिदेशीहरुलाई स्वदेश फर्कन पाउने मौका मलेसिया सरकारले दिने भएको छ।

मलेसिया सरकारले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको मलेसिया स्थित अध्यागमन बिभाग ( इमिग्रेसन )ले एक सुचना सार्वजनिक गरि जानकारी गराएका छ्न।  
जनवरी १ देखि यता भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म १४ दिनको समयावधि दिएर स्वदेश फिर्ताको समय दिइएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी गराउनुभयो।

‘जनवरी १ देखि भिसाको म्याद सकिएकाहरुलाई मलेसियाको अध्यागमन विभागमा गएर स्वदेश फर्कन पाउने अवसर छ,’ राजदूत पाण्डेले भन्नुभयो, ‘यसबारे हामीले नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा जानकारी पठाएको छौं, आजसम्म कुनै प्रतिक्रिया आएको छैन, त्यसैले यसबारे थप भन्न सकिने अवस्था छैन ।’
परराष्ट्रलाई नेपाली फर्कन पाउनुपर्छ र फर्काइनुपर्छ भनेर भनेका छौं, प्रतिक्रिया आएको छैन ।
अवैधानिक रुपमा विदेशमा बस्दा श्रमिकलाई समस्या हुने भएकाले पनि यसरी अवसर पाएका बेला नेपालीलाई स्वदेश फर्काउनुपर्ने राजदूत पाण्डेको भनाइ रहेको छ । 

हिजो सोमबार मात्रै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले 
सञ्चार माध्यमसंगको अन्तरवार्ताको क्रममा बिदेशमा भिसा सकिएर साथै अबैधानिक रुपमा बसोबास गरि रहेको नेपाली श्रमिकलाई कोरोना भाइरसको यस् संकटको घडीमा तत्काल नेपाल फर्काउन नसकिने बताएका थिए । 
उनले थप्दै बोलेका थिए " नेपालमा लकडाउन कोरोनाको संक्रमण नियन्त्रण गर्न लगाइएको हो , अब लकडाउनलाई उलंघन गर्दै बिदेशमा रहेको नेपालीलाई स्वदेश फर्काउन थालियो भने संक्रमण झन बढि फैलने सम्भावना रहेकाछ्न त्यसैले अहिलेनै यो बिषयमा परराष्ट र नेपाल सरकारले ठोस कदम चाल्न सकिने स्थिती नरहेको उनले स्पस्ट पारे।"
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu