हमार सनेश सहकर्मी ,,
बर्दिया := गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाजको आयोजनामा गेरुवा गाँउपालिका वार्ड नंं.—३, को बालुवाटारमा अवस्थित बिजया होटल एण्ड रिभर साईड कटेजमा स्वास्थ्य बिषय शिक्षकहरुलाई किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य तालिम औपचारिक कार्यक्रम बिच सम्पन्न भएको छ।
उक्त तालिममा सोनाहा विकास समाजको कार्य क्षेत्रको गेरुवा गाँउपालिका अन्तर्गतका १३ वटा विद्यालय र राजापुर नगरपालिका अन्तर्गत्का ३ वटा विद्यालयको गरेर जम्मा १६ जना शिक्षकहरुको सहभागीता रहेको सोनाहा विकास समाजका कर्मचारी गोपी राम चौधरीले जानकारी गराउनु भयो।
सोनाहा विकास समाजका अध्यक्ष शान्ति सोनाहाको सभा अध्यक्षतामा भएको तालिमको औपचारिक चरणमा गेरुवा गाँउपालिकाका शिक्षा शाखा स्रोत ब्यक्ति श्री दिल बहादुर जि.सी. ले किशोर अवस्थाका बालबालिकाहरु बिद्यालय उमेर समुहका हुन । यस अवस्थामा हुने शारीरिक, मानसिक, सम्बेगात्मक तथा समाजिक परिवर्तन तथा बृद्वि विकासलाई बिचार गरि ब्यवहार गर्न जरुरी भएको तथा बिद्यालयमा आकस्मिक अवस्थाको डाक्टर पनि स्वास्थ्य शिक्षक नै रहेको बताउनु भयो । गेरुवा गाँउपालिकाका शिक्षा शाखा प्राबिधिक सहायक अमृत बहादुर पुनले हरेक कार्यक्रमको आ–आफनो आयाम हुन्छ, यस तालिमको पनि छुट्टै आयाम छ र बिद्यालय क्षेत्रमा समेट्नु पर्ने बताउनु भयो । गेरुवा गाँउपालिका २ नं. वडा अध्यक्ष आलोक कुमार थारु ज्युले तालिममा मन्तव्य राख्दै विद्यालयमा प्रभावकारी कक्षा संचालन र शिक्षण सिकाई क्रियाकलापमा शिक्षकहरुमा थप ज्ञान तथा सीप विकास गर्न मदत गर्ने बताउनु भयो ।
साथै एकै प्रकृतीका तथा एउटै उद्वेश्य भएका क्रियाकलापहरु सञ्चालन गर्दा गेरुवा गाँउपालिका तथा वडा कार्यालय संग साझेदारी गर्नका लागी अनुरोध गर्नु भयो ।
बिद्यालय शिक्षामा किशोरकिशोर यौन र प्रजनन् बारेमा सबैको उपलब्धता पहुच र सुचना प्रवाह बढाउने तथा यौन र प्रजनन्का बारेमा परामर्स सेवा बढाउने उद्वेश्यले सञ्चालन गरिएको मिति २०७५ साल असार १२ देखि १३ गते सम्मको उक्त तालिममा राजापुर प्राथमिक स्वास्थ्य केन्द्रका देबि खनाल ले सहजिकरण गर्नु भएको थियो ।