मलेसियामा जाने कामदारको न्युनतम तलब (बेसिक) १२ सय भन्दा कम दिन नमिल्ने ।

Tuesday, 31 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

क्वालालम्पुर (मलेसिया):= नेपालीको लागी वैदेशिक रोजगारी गन्तव्य मध्यको नम्बर.१ मा मलेसिया पर्दछ्न ।
मलेसियामा नेपाली कामदारको माग पनि बढेको बढ्यै छ्न भने मलेसिया रोजगारीमा आउने नेपालीको संख्या नि दिनप्रतिदिन बढ्दै गैईरहेको छ्न ।

मलेसियाका कम्पनीहरूले अबदेखि न्यूनत्तम १२ सय रिंगेटभन्दा कम तलबमा नेपाली कामदार लैजान नपाउने भएको छ । मंगलबार क्वालालम्पुरस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दे आगामी जनवरी २ तारिखदेखि राजदूतावासमा प्रमाणिकरणका लागि पेश गरिने श्रम सम्बन्धी मागपत्र ( डिमाण्ड लेटर) मा अनिवार्य रुपमा न्युन्तम आधारभुत तलब १२ सय रिंगेट (करिब ३३ हजार नेपाली रुपैयाँं) राखी पेश गर्न रोजगारदाता कम्पनीहरूलाई निर्देशन दिएको छ ।


    (नेपाली दूतावासले जारी गरेको सुचना)    

यसअघि मलेसियाको मानव संशाधन मन्त्रालयलले कामदारहरुको निम्ति घोषणा गरेको पुर्व वाचा अनुसार जनवरी १ देखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकहरूको न्यूनतम मासिक तलब १२ सय मलेसियन रिंगेट बनाउने निर्णय गरेको थियो ।

मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिङ्गेट छ।तलब वृद्धिसँगै मलेसियामा कार्यरत लाखौं नेपाली कामदारले यसको लाभ उठाउन सक्ने भएका छ्न।
मलेसियन सरकारले आगामी वर्ष नेपालबाट थप डेढ लाख नेपाली लैजाने लक्ष्य समेत राखेको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu