बिश्व सागरको थारु म्युजिक भिडियो " कसम दिवाना " युट्युबमा सार्वजनिक (भिडियो सहित) ।

Tuesday, 31 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,,
आरएन चौधरी थारु ,,
कैलाली := थारु समुदायको हैनन् तर थारु भन्दा कम छैनन् । थारु समुदायलाई औधी माया गर्ने , थारु कलासंस्कृति,रितिरिवाजलाई जोगाउन अहम भुमिका निर्वाह गरिरहेका,थारु गितसंगीतको क्षेत्रमा अतुलनीय योगदान दिईदै आईरहेका,थारु भाषाको गित बाहेक अन्य गित नगाउने घोषणानै गरिसकेका गायक, संगितकार तथा नव निर्देशक विश्वसागर परियारले यतिबेला लगातार एकपछि अर्को गित ल्याउने तयारीमा लागेका छ्न ।
(बिश्व सागर परियार)
पछिल्लो समयमा थारु गीत संगितमा राम्रो छवि बनाएका गायक परियारले आउदै गरेको थारुको नयाँ बर्ष माघ (माघे सङ्क्रान्ती) को अवसर पारेर थारु कल्चर गित पनि चाडैं युट्युबमा सार्वजनिक गर्ने तयारीमा छ्न ।

सिएस फिल्मस प्रा.ली.को ब्यानरमा तयार गरिएको (मान जाउँ जान जाउँ कसम दिवाना हुइनु मै ) बोलको गीत यतिबेला युट्युबमा सार्वजनिक गरेका छन् । 
म्युजिक भिडियोमा अभिनय गर्न माहिर चर्चित थारु सुपरस्टार मोडल विवस चौधरी र चर्चित सुपर मोडल सुनिता दहितको अभिनय रहेको उक्त डान्स बिटको गीतको म्युजिक भिडियो सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । 

गायक परियार र गायिका सुमन चौधरीको स्वरमा रहेको उक्त गितले दर्शकको निकै माया पाउने निर्माण पक्षले विश्वास गरेका छ्न । सतिष सिंन्हाको छायांकन तथा सम्पादन रहेको उक्त भिडियोमा निर्देशन मासुम बिष्टको रहेको छ भने श्रीङ्गार,मेकअप सुमित्रा चौधरीले गरेका हुन ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् : 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu