शनिबार आयोजना हुने ल्होछारको तयारी पूरा/नेपाली कलाकार मलेसिया आईपुगे।

Friday, 24 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा हुन लागेको तामाङ समुदायको महान राष्ट्रिय चाँँड २८५६ औ जिवा ल्हो सोनाम ल्होछार संस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ।


कार्यक्रमलाई भब्यसब्य रुपमा सफल बनाउन नेपालबाट अतिथी कलाकारहरुको साथमा कार्यक्रमका विशेष अतिथि अन्तर्राष्ट्रिय तामाङ परिषदका केन्द्रिय सचिव रबिन लामा थिङ लगायत कलाकारको टोलि बिहिवार मलेसिया आईपुगेका छ्न।


कार्यक्रम संयोजक मध्यको एक प्रतिनिधि फुर्वा दोर्जे मोक्तान तामाङले बताए अनुसार ल्होछार कार्यक्रम यहि जानवरी २५ तारिख शनिबारको दिन अर्थात माघ ११ गते मलेसियाको राजाधानी क्वालालम्पुर स्थित होटेल एरिना स्टारमा बिहान १०:०० बजेदेखि आयोजना हुने छ्न।कार्यक्रम निशुल्क प्रवेश गर्न सकिनेछ्न।

ल्होछार कार्यक्रममा तामाङ सेलो सङ्गीत जगतका चर्चित गायक फुल कुमार बोम्जन, अहिलेका बहुचर्चित मोडल निरन्जली लामा, म्हेन्दोमाया गायक आरम्भ थोकर तामाङ, सेलो गायिका सृजना स्याङतान र अर्का सेलो गायिका बिमला थिङको मनोरञ्जनात्मक प्रस्तुतिको साथसाथै मलेसिया रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu