धनगढी:= अर्काकी श्रीमतीलाई बलात्कार गर्न खोजेको आरोपमा यहाँका एक युवालाई स्थानीयबासीले मोसो दलेर जुत्ता चप्पलको माला लगाइदिएका छन्।कैलारी गाउँपालिका-१ निवासी टुक्की नामले परिचित किसान प्रसाद चौधरीलाई अर्काकी श्रीमतीलाई बलात्कार गर्न खोजेको आरोप लगाउँदै गाउँलेले आइतबार मोसो दल्दै जुत्ताको माला लगाइएका हुन्।
श्रीमान् वैदेशिक रोजगारीमा रहेकी महिलाको घरमा परिवारका अन्य सदस्य नभएको मौका छोपेर चौधरीले बलात्कार गर्न खोजेको आरोप गाउँलेले लगाएका छन्। शनिवार मध्यरातमा ती महिलाको घरैमा पसेर उनले बलात्तकार गर्न खोजेको आरोप भेला भएका गाउँलेले लगाएका छन्।ती युवाले शारीरिक सम्बन्ध राख्न खोज्दा महिलाले प्रतिकार गरेकी थिइन्। त्यसपछि उनले ती महिलालाई कुटपिट गरेका थिए। कुटपिटपछि महिला चिच्याउँदा सुनेर गाउँले उनको घरमा आएका थिए।
घटनापछि आइतबार स्थानीयबासी ती युवालाई नियन्त्रणमा लिएर मोसो दल्दै जुत्ताको माला लगाइएका हुन्। चौधरीले गल्ती स्वीकार्दै माफी मागेका थिए। स्थानीयबासीको पञ्चभेलाले २ लाख रुपैयाँ जरिवाना पनि तिराएको छ। चौधरीले त्यो रकम पीडितलाई १० दिनभित्र दिनुपर्ने शर्त राखिएको छ।
source;- (अन्नपूर्ण पोस्ट दैनिक)
source;- (अन्नपूर्ण पोस्ट दैनिक)

