एकादेशको नेवार ??? एक लेख पुरा पढ़नुस

Wednesday, 4 January 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


              सडक फराकिलो बनाउने बहानामा पुरातात्त्विक सतल पाटी पौवामाथी धावा बोल्नु भनेको स्थानीय मुलबासिको अस्तित्व र अस्मिता माथि नै धावा बोल्नु हो। नेपालको ऐतिहासिक पुरातात्त्विक संरचनाको जगेर्ना गर्ने पुरातत्त्व बिभाग कुन बाहुनबादको दाइजोको पोल्टोमा छ ?? संसारमा ऐतिहासिक पुरातात्त्विक संरचनाको सुरक्षाको निमित्त विकसित मुलुकले अर्बौं रुपैयाको बजेट छुट्टयाएका हुन्छन् तर हाम्रो मुलुकमा मुलबासिको इतिहास निमट्ट्यान्न पार्नका लागी सधैं सधैं बिकासको नाममा यस्तै दमनपुर्ण कार्यहरू हुन्छन्। ऐतिहासिक पुरातात्त्विक संरक्षणका निमित्त बनाइएको थारुहरुको संग्राहलय जलाउँदा पनि मुकदर्शक भएर बस्ने यिनै ठुला दल भनाउँदाको सरकार हो। राजधानीको सडक चौडा गर्ने बहानामा अहिले नेवार समुदायलाइ बिस्थापित गर्ने षड्यन्त्रमुलक सुनयोजित योजनालाइ हामीले बेलैमा बुझ्नुपर्दछ। भक्तपुर,ललितपुर, बसन्तपुर हाम्रा ऐतिहासिक बस्ती हुन। सरकारले सके यिनै बस्तिलाइ भजाएर पर्यटनको बिकास गर्ने हो। तर बाटोको नाममा कसैको पुस्तौंदेखिको इतिहास नै निमट्यान्न पार्न खोज्नु फासिस्टबाद भन्दा चरम दमन शोषण हो। यस्तो बखतमा समेत नेवारी नेताको आवाज खोइ?? कहाँगए २०४६ को प्रजातान्त्रिक लडाइँमा बिजय दिलाउने नेवारहरु ?? कहाँगए ०६३ आन्दोलनका बिशाल नेवार मिश्रित हुलहरु??भोली बिकासको निहुमा बस्ती नै सारियोभने नवस्थापित बस्तीमा तपाईंको पहिचान पुनर्स्थापना हुनसक्छ???बन्नसक्छन,मल्लकालिन सत्तल,पाटी पौवाहरु?? के अब हामीले नेवारको झ्यालमा कालो शिसा र स्टिल देख्नुपर्नेभो?? नेवारको छोइला कचेला के अब सिजलर,बर्गरमा रुपान्तरित हुनेभो?? उठ! जाग!! नेवार समुदाय!!!तिम्रो चटामरिमा जुन स्वाद छ,त्यो आयातीत पिज्जामा कहिल्यै हुनसक्दैन। हामी नेवार समुदायको परम्परा र पहिचानमाथी गर्ब गर्छौ। भ्रष्टाचार मिसिएको फलामे छड्बाट निर्मित राजधानी अन्तै सार्दा केहि फरक पर्दैन तर काठले बनेका नेवारको पच्पन्न झ्याले दरबार नै हाम्रालागी एलिजाबेथले पहिरिने कोहिनुर हिरा भन्दा महङ्गो आभुषण हो।।

       हिजो बिष्णुमति,बाग्मती,बल्खु खोलामा माछा पौडिन्थे आज आयातित मान्छेको मलमुत्र बग्छ।दशैँको नाममा आफ्ना कार्यकर्तालाइ करोडौं बाँड्ने सरकारले नेवारकी देबि कुमारिलाइ भने दुइचार हजारले टार्न खोज्छ। करोडपती नेता बिरामी हुँदा करोडौं खर्च गर्ने एकात्मक शासनका जल्लादहरुले नेवारी लिङ्गोको लागी दुइ लाख रकम पनि छुट्याउँदैनन्। के यो बिभेदको बारेमा नेवार समुदाय अन्जान छ ?? कहाँगए "काठमाडौमा नेवा ख:" भन्ने कृष्ण गोपालहरु?? सयौं बर्षदेखी संरक्षण गर्दैआएको पशुपतिनाथका पुजारी नेवार समुदायको भन्डारिहरुको उचित संरक्षण खोइ?? आफ्नो नातेदारको घरमा जन्मेको बच्चोलाइ राज्यकोषबाट करोडौं खर्चगरि अमेरिकामा उपचार मात्रै होईन अझै सवारका निमित्त करोड प्रदानगर्दा हाम्रो कुमारीको मापदण्ड के हो भनेर सोध्नुपर्दैन ??

              म पनि नेवारको ज्वाँइ हो,मलाई आफ्नो ससुरालीको पहिचानको चिन्ता छ,तर ससुरालीको दाइजोमा राजधानीमा महल ठड्याउने कपुत ज्वाँइ साहेबलाइ नेवार  समुदायले कहिले पहिचान गर्ने??? सांस्कृतिक परम्पराका अत्यन्तै धनी नेवार समुदायको खेत,पाखा सबै हडप्दा समेत चुप्प बसिरहनु यो कहाँ सम्मको दमन सहन हो?? म काठमाडौको भृकुटीमण्डप स्थित आर आर क्याम्पसमा रात्रीकक्षा पढ्दा पैदलमार्च बल्खु सम्मको डेरामा पुग्नुपर्थ्यो। त्यो बेला राति पैदल हिँड्दा स्यालले टोकेर चौधवटा सुइ लगाउने मै हुँ।आज उपत्यकाको बिशाल नेवारको खेतीयोग्य जमिन कंक्रीड्मा परिणत भइसक्यो। यस्को जिम्मेदार को हो?? नेवारको पुर्खौनी सम्पतिमा कुन सप्पन्न मान्छेको महल बन्यो ??- नेवार समुदायले खोज्नुपर्दैन?? कहाँ,कसरी हडपिए - मैतिदेबिका बिशाल फाँटहरु??? अनामनगरका फाँटबारी कता गए?? अझै कति दमन शोषण सहने नेवार समुदाय ???

           राजनैतिक,सांस्कृतिक,भौगोलिक सबै परम्परामा धनी हुँदाहुँदै पनि यि सबैमा, सबैभन्दा बढी ठगीएको नेवार समुदाय हो। पुष्पलाल नेवारका चेलाहरुले पुष्पलाल माथी नै घात गरे। गणेशमानले रुँदै अन्त्यमा राजनैतिक सन्यास लिनुपर्‍यो। २००७ सालको महान क्रान्तिका तिनजना शहिद शुक्रराज,धर्मभक्त,गंगालाल नेवार समुदायकै थिए।खोइ?? तिनको सम्मान ??? आज तिनै नेवार सहिदको बलिदानिमा रजाइँ गर्नेहरुले नेवारको अपमान गर्न मिल्छ?? होसियार हौ नेवार समुदाय!!
आज सबैभन्दा बढी शोषित,पीडित,दमनको पिडा तपाईंहरु संगै छ। त्यसबेलाको शासक संगै लुक्दै नेवारको घरमा सरण लिनेहरुको आज मन्डिकाटार दरबार छ,लाजिम्पाट दरबार छ। लाखौं महल नेवारी भुमिमा ठडिए, तर एउटा मात्रै उदाहरण देखाउनुस - कुन नेवारले दरबार ठड्यायो??

     मलाई पहिचान पक्षधरको नेता,लेखक जे भनेपनी हुन्छ। मैले त नेवार समुदाय माथिको दमन,अत्याचार सहन नसकेर मात्रै यो लेखेको हुँ।पहिचानको आवाज उठाउनेले यतिपनी लेखेन,बोलेनभने अन्याय हुन्छ। अहिले सडक बिस्तारका नाममा नेवार समुदाय माथिको ज्यादती म बाट सहन भएन। थारु समुदायको एक सचेत युवाले यत्ति गर्नसक्छ भने नेवार समुदायको पनि मुख,हात छन। चुपचाप बस्नुभयो भने एकदिन पहिचान बिरोधिले एकादेशको दन्त्यकथा आफ्ना सन्तानलाइ सुनाउने छन - "एकादेशमा तिम्रो बुढो मामा घर थियो, तिम्रो बज्यै र म त्यहाँ जान्थ्यौँ,तिम्रो मामाघरको बुढी बज्यैले हामिलाइ प्याँलामा वासा दिन्थिन। म छोइला कचेला संगै वासा मातिउन्जेल पिउँथे, तिम्रो बज्यै छेउको गुन्द्रीमा बसेर कुपुकुपु  चटामरी खान्थिन। कति रमाइलो हुन्थ्यो ति दिनहरु?? बिचैमा पहिचान बिरोधिको नातिले प्रतिप्रश्न गर्नेछ- हामिलाइ कहिले लग्ने grand paa  त्यहाँ ??? "छेउमा बसेकी बुढी बज्यैले तुरुक्क आँसु चुहाउँदै भन्नेछिन - अब त्यो मामाघर कहाँ रह्यो र!! न त वासा,चटामरी बनाउने बज्यै रहिन, न त त्यसबेलाको जस्तो मामाघर!!! हो,त्यसबेला सबै नेवार बुढाबुढिको आँखामा केवल आँसु मात्रै बाँकी रहनेछ,किनकि यसबेलाको सानो गल्तीले पहिचान एकादेशको दन्त्यकथा जस्तै हुनेछ।।।

  रेसम चौधरी को पुस्तक "संयोग" बाट !!!

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu