रेशम चौधरीलाई सपथ नगराए २३ गतेदेखि चरणवद्ध आन्दोलन गर्ने घोषणा

Tuesday, 4 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लखन चाैधरी,,धनगढी – थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई तत्काल प्रमाणपत्र र शपथ ग्रहण नगराइए मंसिर २३ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलवार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गर्दै थाकसले चेतावनी दिएको हो।

थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले राज्यले टीकापुर घटनालाई आपराधिक मुद्दा नभई राजनीतिक मुद्दाको रुपमा लिनुपर्ने बताए । राजनीतिक अधिकार प्राप्तिको आन्दोलनको क्रममा घटना घटेको भन्दै उनले राजनीतिक रुपमै सम्बोधन गर्नुपर्ने माग गरे ।

अदालती प्रक्रिया भन्दै सरकारले २७ जना निर्दोष थारुहरूलाई ४० महिनादेखि पुर्पक्षको लागि भन्दै कारागारमा कोचेर अन्याय गरिरहेकाले क्षतिपूर्तिसहित तत्काल रिहाइ गर्नुपर्ने बताए ।

थरुहट संघर्ष समितिले उठान गरेका पहिचानसहितको अधिकारसम्पन्न सीमांकन कायम गर्नुपर्ने, थरुहट आन्दोलन सम्बन्धी छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको उच्चस्तरीय छानबिन टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

थाकसले आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ । २३ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत्  प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, २४ गते टीकापुरमा बृहत् अन्तक्र्रिया गर्ने र त्यसपछि जिल्लाको सबै स्थानीय तहमा कार्यक्रम गर्ने जनाइएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu