रोशन रत्गैयाँको बरा बरा मुर्घा बोलको थारु म्यूजिक् भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो सहित)

Monday, 19 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
दाङ:=‘आउ, आउ नाचौ न एकैछिन’, सोल्टीनीको माया, ठुन्यार ठुन्यार बठिन्या कलिजुगके लगायतका गीतबाट ख्याति कमाएका चर्चित युवा गायक रोशन रत्गैयाँको बरा बरा, मुर्घा बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो समयमा ख्याति कमाउँदै गएका रत्गैयाको यो पन्ध्रौं प्रस्तुति हो । सुशील चौधरीको शब्द, संगित, रोशन रत्गैया र समिक्षा चौधरीले सो गीतमा स्वर दिएका छन् । बीर चौधरी, लोसिना लानिछाने, राजुराज, पुष्पा चौधरीले उक्त भिडियोमा अभिनय गरेका छन् । ‘बरा बरा मुर्घा’ गीतलाई रोशन रत्गैंया यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
थारु, नेपाली गरेर हालसम्म उनले आधा दर्जन बढि गीतमा स्वर दिइसकेका छन् । थुप्रै थारु, नेपाली गीत रेकर्डिङ गर्ने तयारी भइरहेको उनले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu