यहाँ छैन मुटु र, धड्कन जतनमा
उतै राख्नु प्यारी , जतनले नयनमा
अझैसम्म मनमा रहर, जाग्छ औधी बित्यो मात्र एक रात, तिम्रो पवनमा
कुनै जान अन्जान , हुदो रैछ गल्ति
परेको छु प्यारी म , तिम्रो सरनमा
थियो चाह मनमा , अधर सम्म पुग्ने
कहाँ भाग्न थाल्यौं, बिहेको लगनमा
छ एकल छ मनमा , नजरले बतायो
परेको छु विस्वास , माया छ मनमा
बहर :- मुतकारिव सालीम
रुक्न :- (१२२×४) ©एकल
