"साहुजी"

Friday, 24 February 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कबिता
"साहुजी"
"
साहुजी!! साहुजी!!
मलाई अलिकती जवानी
दिनुहोस न
मेरा बा ले मेरो लागी
बेचेको जवानी पुनःपहिरिएर
हिडेको हेर्न चाहन्छु म
बदलामा यि मेरा हात लैजानुस
ता कि पछि मेरा यि हातले
मेरा बा लाई
वृद्धाश्रम नडोर्याओस
अनि
सुन्नु न केही थान
सुखका पोका पनि हाल्दिनुस
मेरो दाईलाई ति पोका थमाएर
मैले वचपन देखी दिएको
दुःखको भार तिर्नु छ
बरू
बदलामा यो छुचो मुख दिउला
ता की भविष्यमा म
अंशका लागी मेरो दाई संग
वाझ्न नसकु
केही बोरा माया पनि लैजान्छु
मेरी दिदिले भाई टिकाको दिनमा
मात्र होईन हरेक दिन
मेरो समृद्धि र लामो उमेरको
कामना गरेकी छे
उस्लाई ति वोरा
जिम्मा लगाउनु छ
बरू
बदलामा मेरा यि आखा सुम्पिनेछु
जस्ले कुनै दिन नचाहदा नचाहदै
मेरी दिदिको दुःख देखाउन सक्छन
साहु जी!!
थोरै भोक अनि रहरपनि जोखिदिनु
न घरमा मिठो पकाउदा मेरी आमाले
सधै भोक लागेको छैन भन्छिन
मलाई नया नाना किन्दि रहन्छिन
आफु रहर मारि रहन्छिन
भर्नु छ आमाको आत भरीभोक
अनि
रहरहरू बरू बदलामा मेरो प्राण
तिरूला ता कि मलाई फेरी मेरी
आमाको गर्भ बाट जन्मने सौभाग्य
मिलोस।
"
सुरज पराजुली
"एकान्त प्रेमी ”
-पोखरा

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu