"तिमीले दिए जति बलिदान "[कविता/एक पटक अबश्य पढ्नुस]

Friday, 12 May 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

----" बलिदान "-------
तिमीले दिए जति बलिदान
मेरो देशको निमित्त मैले पनि दिएको छु ,
रगत,पसिनाको धारा
यो धर्तीमा मैले पनि बगाएको छु ,

मेरो देश बाची रहोस् यसैगरी हासी रहोस् ,
छत्तीस जातको फुलबारीमा सधैं भरि फुली रहोस् ,
तिमीले दिए जति बलिदान
मेरो देशको निमित्त मैले पनि दिएको छु ।।

मातृभूमिका निमित्त आफ्नो प्राण समर्पित गरेर ,
हाम्रा वीर पू्र्खाले आर्जिएको देश,
त्यसैले त प्यारो लाग्छ मेरो नेपाल देश ,
तिमीले दिए जति बलिदान
मेरो देशको निमित्त मैले पनि दिएको छु ।।

आउ मिलिे फुल रोपौँ सुवास छर्नु छ ,
मित्रताको हात बढाइ अघि बढ्नु छ,
देश रहे तिमी रहन्छौँ धर्म रहे संस्कृति ,
आउ अब जुटौँ जोगाउन मौलिक अधिकार ,
तिमीले दिए जति बलिदान
मेरो देशको निमित्त मैले पनि दिएको छु ।।

बहादुर हु म दुश्मन हैन मित्र रोज्ने छु ,
वीर गोर्खाली सपूत हु म शान्तिको गाथा गाउने छु ,
हो...वीर गोर्खाली सपूत हु म
शान्तिको गाथा गाउने छु।।

तिमीले दिए जति बलिदान
मेरो देशको निमित्त मैले पनि दिएको छु,
रगत ,पसिनाको धारा
यो धर्तीमा मैले पनि बगाएको छु ,
मेरो देश बाची रहोस् यसैगरी हासी रहोस् ,
छत्तीस जातको फुलबारी सधैं भरि फुली रहोस्,
मेरो देश बाची रहोस् यसैगरी हासी रहोस् ।।

              
          लेखक:-बिनोद चौधरी
        जय नेपाल / जय थारुवान
                   धन्यवाद !!

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu