"असफल जिन्दगीको एक सफल पाना "(कथा/सक्दो सेयर गर्नुहोस)

Wednesday, 10 May 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

" मेरो मनको कथा "
"असफल जिन्दगीको एक सफल पाना "

आदरणीय बुबाआमा ,दाजुभाइ ,दिदीबहिनी ,साथी सङ्गीनी तथा सबै जनालाई "मेरो मनको कथा "'असफल जिन्दगीको एउटा सफल पाना' मा स्वागत छ।' असफल जिन्दगीको एउटा सफल पाना' को रचनाकार म बिनोद चौधरी को तर्फबाट न्यानो अभिवादन साथै नमस्कार।
                
                 यो एउटा  " मेरो मनको कथा "  हो।यो कथा कसैको वास्तविक जीवन सङ मेल खानु गएमा संयोग मात्र हुनेछ।

           यस कथालाई भाग एक , भाग दुई , भाग तीन यानिकी तीन भागमा प्रस्तुत गरि समाप्त गर्नेछु।आसा छ तपाई हरु ले आनन्द लिदै  क्रमश अन्तिम भाग सम्म साथ दिनुहुन्छ।

             " मेरो मनको कथा "
"असफल जिन्दगीको एउटा सफल पाना"प्रथम भाग(भाग १)

                      जतिबेला म विद्यार्थी जीवन सङ संघर्ष गर्दै थिए ।त्यतिबेला मेरो काका भारतको मेघालयमा कोइला खानीमा कार्यरत हुनुहुन्थ्यो।त्यही क्रममा काका केही दिनको बिदामा घर आउनु भएको थियो।उहाँ सङ एक जना उहाँको साथी पनि आउनु भएको थियो।काकाको साथीको नाम थाहा भएन तर काकाले उसलाई कान्छा भाइ भनेर बोलाउनु हुन्थ्यो।उहाँ हरुको सम्बन्ध दाजुभाइ को जस्तो थियो।कान्छाको घर हाम्रो घर देखी गाडीमा एक दिनको यात्रा गरे पछि पुग्न सकिन्थ्यो।कान्छाले आफ्नो घर खोटाङ जिल्ला बताएका थिए तर उसले घर जाने बाटो सबै बिर्सेको रहेछ। मलाई केही थाहा छैन।कहाँ बाट जानू ?
कुन गाउँ जानू?
बुवाआमा , दाजुभाइ ,दिदिबहिनी कसैको नाम थाहा छैन।मैले त्यहाँ गएर कसलाई खोज्नु ?यस्तै यस्तै कुरा गर्दै आँखा बाट बरर आँसु खसाल्न थाले।

कान्छाले आफ्नो जन्मभुमि ,जन्मदाता ,दाजुभाइ ,दिदिबहिनी ,साथी सङ्गी सबैलाई बिर्सिसकेको रहेछ।कान्छाले आफू ८ बर्ष को उमेरमा गाउँ घर छोडेर भागेको हुनाले सबै बिर्सेको हुनुपर्छ।
मैले कान्छालाई सोधे
-अहिले तपाई कति उमेर को हुनुहुन्छ ?
कान्छा-३५ बर्ष  पुगे होला। घर छोडेको पनि लगभग अन्दाजी पचिस बर्ष भयो होला।
मैले फेरि कान्छालाइ भनिहाले नेपाल आएको बेलामा आफ्नो गाउँ गएर बाबाआमा खोजी गर्दा हुन्छनी।
कान्छा - अब यतिको बर्ष पछि गएर के गर्नु पैसा पनि कमाउन सकेको छैन।बुबाआमाको सामु यत्रो बर्ष पछी कसरी मुख देखाउनु ?
उसको मनमा यस्तो किसिमको कुरा खेल्नु स्वाभाविक थियो।

काका हरु केही दिनको बिदामा आउनु भएको कारणले गाउँ घरमा चहलपहल निकै बढेको थियो।गाउँ घरका दुई चार जना जडिया हरु पनि पछि लागेका थिए।प्राय जस्तो दिन भरी जाड रक्सी खाएर दिन बिताउने गर्नुहुन्थ्यो।त्यही क्रममा एक दिन काकाले भन्नुभयो एक जना पढेलेखेको मान्छे चाहिएको छ।महिनाको भारु २० हजार हुन्छ ।भारी काम केहि गर्नुपर्दैन हिसाब वारि मात्र राख्नुपर्ने काम हो।यो कुरा आमाबुबाको अघि गर्नुभएको कारणले बुवाआमा ले भन्नुभयो त्यसो भए अरुलाइ किन त्यो काम दिने बिनोद ले गर्नु सक्छ।बिनोद लाई लानु भन्नुभयो।मलाई पनि पढ्नु लेख्नु  मन लाग्दैन थियोे। नयाँ ठाँउ नयाँ शहर घुम्न सरै रमाइलो लाग्थ्यो र मैले पनि काका लाई जान्छु भनिदिए।त्यसको एक दिन पछि काकाको मोबाइलमा फोन आयो ,त्यो फोन कोइला खानी बाट आएको थियो।काका इमर्जेन्सी जानुपर्ने भयो र काका त्यसको भोलिपल्ट एक्लै जानुभयो र मलाई कान्छा सङ दुई चार दिन पछी आउनु भन्नुभयो।

काका गएको पाँच दिन पछी कान्छा र म पनि कोइला खानी तिर लाग्यौं।त्यतिबेला आफ्नो जन्मभुमि,जन्मदाता,दाजुभाइ ,दिदीबहिनी साथी हरुलाइ छोडनु सारै गार्‍हो हुदोरहेछ तर पनि मनलाई बुझाउदै अगाडि बढे।कोइला खानी पुग्नु हाम्रो घर देखि गाडीमा दुई दिन एक रात समय लाग्थ्यो।हामीले त्यो समय पार गरेपछि कोइला खानी पुग्यो राती पुगेको हुनाले पहाडको बाटो उकालो ओरालो बाहेक अरु केही थाहा पाइन।त्यस रात पहिलो पटक लामो यात्रा गरेको हुनाले थकाइ को महसुस हुदै थियो र खाना खाएर सुत्नु गए।एक रातको अनिधोले गर्दा कति खेर निदाउनु पुगेछु थाहै भएन भोलि बिहान अबेर उठेपछि कोठा बाट बाहिर निस्के चारैतिर पथर कोइलाको डिपो हरु देखे र  त्यस डिपो नजिकै गएर हेरे पछि कोइलाको सुरुङ्गमा जानू मन लाग्यो। त्यहाँ सानो होचो दुलोमा कोहि मान्छे गैती लिएर भित्र पस्दै थिए त कोहि साना साना गाडा लिएर भित्र जाँदै थिए भने कोही त्यस्तै साना साना गाडामा कोइला भरेर घिसार्दै बाहिर सम्म ल्याउदै खन्याउदै थिए ।त्यो सब दृश्य देखेर मेरो मनमा एक प्रकारको डर पैदा भयो।मेरो मनमा अनेक कुरा हरु खेल्न थाल्यो र प्रश्न हरु बिस्फोट भयो यत्रो सानो दुलोमा कसरी ढुङ्गा जस्तो कोइराला काट्छन ? यत्रो ठुलो  पहाडले थिच्यो भने के हुन्छ होला ? यस्तै यस्तै प्रश्न हरु मनमा खेल्नु थालेको थियोे ।तर मैले यस्तो काम गर्नु पर्दैन भन्दै चित्त बुझए।
दुई चार दिन बितिसकेको थियो मैले काकालाइ भने मलाई कहिले देखि काम लगाइ दिनु हुन्छ ?काकाले भन्नुभयो अहिले त्यो पोस्ट खाली छैन ।खाली भयो भने लगाइ दिन्छु ।बरु अहिले दुई चार दिन म सङ काम गर, सिक्छस पनि पैसा पनि हुन्छ।त्यसको भोलिपल्ट बिहान काकाले  हिन बिनोद काममा म कोइला काट्छु तँ गाडामा कोइला हालेर बाहिर घिसारेर निकाल्नु ।त्यसपछि  म पनि डराउदै काका सङ सुरुङ्ग भित्र पसे  र मलाई पनि एउटा तीखो गैती दिनुभयो र कोइला काट्न सिकाउनु भयो र म कहिले काट्ने  गर्थे त कहिले गाडामा कोइला हालेर बाहिर निकाल्ने गर्थे।त्यो दिन मलाई धेरै गह्रौ भएको थियो ।मेरो हातमा पानी फोका हरु आएर कोहि फुटि सकेको थियो त कुनै बाकी थिए। म त्यो दिन धेरै रोएको थिए।त्यसको भोलिपल्ट झनै काम गर्नु नसक्ने भए ।

त्यहाको पुराना साथी हरुले पहिले पहिले यस्तै हुन्छ बिस्तारै बानी पर्छ भन्दै सम्झाउनु भयो।नभन्दै एक महिना पछि मलाई नि त्यहाँ काम गर्नु सहज भयो र पुराना साथी जस्तै मैले पनि त्यहा काम गर्न सक्ने भए।त्यसपछि काकाले घरमा भनेको  कामको  बारेमा कुरै गर्नुभएन ।मैले पनि त्यही काम लाई निरन्तर दिदै गए आज भोलि भन्दै छ महिना बितिसकेको रहेछ । मलाई पनि घर फर्कनु मन लाग्यो र मैले काका लाई घर जान्छु मेरो पैसा दिनु भन्दा काकाले मैले काम गरेको अनुसारको चित्तबुझ्दो रकम (पैसा) दिनु भएन र फेरि आउनु भन्नू भयो तर मैले चित्तबुझ्दो पैसा नपाएको कारण पटकै  फर्कनु मन थिएन ।तरपनि काकाको मन राख्दै हुन्छ भन्दै घर फर्के।घरमा आएर मैले कमाएको सबै पैसा बुबाआमालाइ दिए। बुबाआमा त्यो बेला धेरै खुशी हुनुभयो र बुवाआमाले भन्नुभयो अब कहिले फर्कन्छ्स कोइला खानी ? दुई चार दिन बसेर जान्छस होला नि ? त्यति बेला मेरो मन रोएर आयो।सबैभन्दा ठुलो पैसा हुदोरहेछ भन्ने मनमा लाग्यो।बुवाआमाले सन्चो बिसन्चो केही सोध्नु भएन।

मेरो पनि गाउँ घरमा समय बित्दै थियो साथी भाइ सङ रमाइलो गर्दै।त्यतिकैमा एक दिन काकाले फोन गर्नुभएको रहेछ बिनोद कहिले आउँछ छिटो पठाइ दिनु भन्दै बुवाआमा लाई भन्नुभएको रहेछ। बुवाआमाले पनि  मलाई काकाले फोन गरेको कुरा सुनाउनु भयो। तलाई   छिटो पठाइ दिनु भनेका छन । तँ अब कहिले जान्छस छिटो जा यहाँ बेगारीहरु सङ घुम्नु भन्दा त्यहा दुई चार पैसा कमाउनु जाती।यो सब सुनेपछि केही दिन पछि म फेरि कोइला खानी जाने निधो गरे............बाकी कथाको अंश भाग दुई र भाग तीन मा प्रस्तुत गर्नेछु । तपाई हरुलाइ भाग एक कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु नभुल्नु होला।धन्यवाद ।।

                       लेखक:-बिनोद चौधरी
                            धन्यवाद!!

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu