रेशम चौधरी र लक्ष्मण थारु मिल्यो भने मात्र थरुहट थारुवानको माग मुद्दा उत्कर्षमा पुग्छ।

Sunday, 22 October 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लेखक:-तिलक थारु,
कात्तिक/६/सोमबार,,
थारु समुदायमा रेसम थारु र अर्को लक्षमण थारुलाई नचिनेको सायद बिर्लै होलान्।तिनिहरू अहिलेको एकाइशौसताब्दिमा थारुवान थारुहट भुमिका महान  प्रणेता मध्य दुई मा पर्नुहुने रेसम थारु र अर्को लक्षमण थारु थिए तर यो अन्तिम समयमा बिचल्ली हुन पुगे, लक्षमण थारू,लाहुराम चौधरी लगायतको थारु जेलबन्दीहरु निर्दोष हुनुहुन्छ जो कोही लाई थाहा छ। मानिसको समस्या हिउजस्तो सधैं जमेर बस्दैन समाधानको समय कुर्न सक्नुपर्छ त्यो एक न एक दिन ढिका हिउँ पग्लिन्छ नै तपाईहरुको मुद्दा  नि अवस्य हल हुन्छ नै के प्रमाण छ तिनीहरु संग दुनियालाई थाहा छ,
थारुसमुदाय तराईको भुमीपुत्र आदिवासीको आन्दोलनले बाहुनवाद को बिरोध गरेको हो बाहुन को होइन बाहुन क्षेत्री भित्रका प्रगतिशील ब्याक्तीहरु जो कि हिजो देखि नै सहयात्री हुँदै आएकाछन्।

हामीले नि कुनै जाती विशेष को दुश्मनी लिनु नि हुँदैन यस्तो भनिरहदा फ़ेरि हाम्रा समुदाय लाई जाल जेल गरेर जुन हाम्रो थारु नेतालाइ निषेध गरेकाछन्  जेल जीवन बिताउन बाध्य बनाएको छन अनि हामी युवाहरु को रगत उम्लिन थाल्छ र आफ्नो पहिचान जोगाउन मार्न र मर्न जोस जागर लाग्छ हिजोको थारुहट इतिहासहरु पढेर मात्र हाम्रो बिबिधता र थारुवान थारुहट  राजनीति मुक्ति नहुने रहेछ त्यस् कारण ती इतिहास हरु लाई थारुवान मानबजीवन र समाज भित्र कार्यन्वयन गरेर मात्र अस्लि मुक्ती संभावना छ जस्को प्रभासाली नेतृव चाहिएको छ ।

अब आउने दिनमा रेसम थारु र लक्षमण थारु मिल्नु को बिक्ल्प छैन थारु नेता हो थारु समुदाय लाई  त हलि कमैया भनेर चिन्ने गर्छन् तर थारु नेता लाई नि तेहि उपनाम को नाम दिने दुस्साहस नगर्नु होला र जुन अहिले रेसम दाइ आफ्नो अडान मा अडिक हुनुहुन्छ जिम्मेवार पूरा गर्दै हुनुहुन्छ र त्यो रेसम दाइ को कर्तव्य नि हो इतिहास ले अवस्य नै आउदा पुस्ता हरुले मुल्यांकन गर्दैछन् रेसम दाइ हजुर को जुन थारुवान थारुहत मार्ग सिधाान्त लाई पक्षयाई रहेकाछन जुन सारा पहिचानपक्षयधर हरु लिम्बुवान खम्बुवान ताम्सालिन माग्ररात सेर्पा जो आफ्नो इतिहास पहिचान जोगाउन आफ्नो आफ्नो भूगोल को राजनीति विविधता हरु रक्षया गर्दै छन त्यसै गरि थारुवान थारुह्त को नेतृत्व हजुर हरुकै एक मात्र अासा र बिशवास को केन्द्र साबित भइसकेको छ अब्राहम लिन्कल्को भनाइ मलाई हमेसा याद आउछ यदि रुख काट्न दिइयो भने त्यो काट्ने समय पाँच मिनेट दिइएको छ  भने पाँचमिनेट  नै धार लागाउन समय खर्च गर्त्थ यस्को तात्पर्य के मा मेल खान छ  बुझुनुस आफै किन कि थारु समुदाय त्यस्त्यो समुदाय हो अर्को को पसिना खान चाह्दैन र बिना सित्तैमा जाल झेल गरेर थारु समुदाय लाई फसाइय्को छ  त्यो त कुनै दिन आसा छ मेटियर जानेनै छ  त्यस्को प्रतीक्षया मा छौ हाम्रो अरु थारु नेता को के कुरा गर्नु हाम्रो हक अधिकार ढोका आफै बन्द गर्ने काम गरछन पहिचान  बिरोधि हरु को पुछ्रर हुन्छन् उदाहरण को लागि गच्छदार होइन गदार अन्तिम मा पहिचान अस्तित्व को हकअधिकार को लागि सास रहुनजेल  छोडिदैन।

जय थारुहत
जय सघियता
जय पहिचानबादी

लेखक:-प्रवासी थारु सेवा समाज मलेसियाका वरिष्ठ उपाध्यक्ष तथा पहिचानबादि समाजसेवी युवा तिलक थारु हुन।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu