मानौं एउटा अचम्मको परिणाम निस्कियो
जब रावणको भुमिकामा राम निस्कियो
ज्युँदो हुदासम्म कोही कसैले वास्ता गरेन,
मर्दा मलामीको बहुत ठुलो लाम निस्कियो
अब म पनि खाडी जान योग्य भए सरकार,
डिग्री सकियो प्रथम श्रेणीमै नाम निस्कियो
त्यसपछि बेपत्ता भएको हो बिचरो चिठी,
जब चिठी सँग मनमुटाव गरि खाम निस्कियो
चोट खाने र खुवाउने काम अब हुदैन भन्दै,
आरन छाडेर एक्कासि फलाम निस्कियो
© सुसुगम सुनामीुसुगम सुनामी
