[[गजल]]
"
छाडी दिनु भयो बा'ले खेत, दान सम्झेर।
मुखियाको समाजमा ठुलो, सान सम्झेर।
आजभोली एक्लै कुनामा, रोई रहनु हुन्छ।
संधै हराभरा देखिने चिया, बगान सम्झेर।
हिजो ताते-ताते गर्दै, हुर्काएको छोरोलाई।
जिम्मेवारी थपिदिनु भो, जवान सम्झेर।
वाक्क - दिक्क लाग्छ, भन्नु हुन्छ बाबाले।
महिनौ पिच्छे फेरिने यो, संविधान सम्झेर।
अस्ति भर्खर विदेशबाट कमाई आएको हर्के।
त्यहिंको भाषा बोल्दै थियो, जापान सम्झेर।
"
Admin:
अंकर अन्जान सहयात्री
जानकी गाउँपालिका-8
जबलपुर,कैलाली
