हमार सनेश सहकर्मी
मैले नबुझेको कुरा ...थारु सस्कृती कसरी संरक्षण गर्न सकिन्छ ?यो गहन विषय बनिरहेको छ।फरक फरक बिचारहरु आईरहेको छ।धेरै जनाको बिचार हेर्दा के देखिन्छ भने थारुको भेसभुसा लागाएर चाडपर्ब मान्ने,महोत्सव गर्ने काम गर्यो भने हाम्रो थारुको सस्कृती बच्छ।कतिपय को बिचार के देखिन्छ भने थारु चाड खुब मान्ने र खुब थारु गित गाए थारु सस्कृती बच्छ।अहिले आएर के पनि देखियो भने थारुको dress लगएर हिन्दी,भोज्पुरी,नेपाली जुन्सुकै गितमा नाचेपनी थारुको सस्कृती बच्छ भन्ने देखियो,हिलोरमारे,कुटुमा कुटु,अखियामे अखियां मिले आदि गितमा नाचेर थारु सस्कृती बचाको भन्ने सुनियो।तर मैले बुझ्न नसकेको कुरा के हो भने कुनै पनि जाती को भासा,सस्कृती,पहिचान,आर्थिक,सामाजिक,बिकास को निर्धारण त्यो देशको राज्यसत्ता अर्थात राजनितिले गर्छ।राज्यसत्तामा जुन जातिको पहुछ हुन्छ त्यो जातिको चौतर्फी बिकाश हुन्छ।अरु जातिले जति सुकै उफृ उफ्रिनाचे पनि केही हुने वालाछैन। र राज्य सत्ता प्राप्त गर्नको लागि संघर्स अर्थात् क्रान्ति जरिरी छ।जस्ले क्रान्ति् गर्ना सक्छ उसैको अस्तित्व रहन्छ,जो कायर हुन्छ उसको ईतिहास अर्थाय अस्तित्व समाप्त हुन्छ।अब रहन्छ कुरा थारु जातिको ,अस्तित्व बचाउन क्रान्ती गर्ने या कायर भएर दासताको जीवन बाच्ने।बिचार गरौ....???.??.?
