अंकर 'अन्जान सहयात्री' को देशभक्ति कबिता 'म सिपाही'

Monday, 16 October 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

[[कबिता]]
'म' सिपाही'
"
हो म सिपाही हुँ,
देशको एउटा राष्ट्रसेवक्,
मलाई सिपाही कै दर्जा दिइएको छ,
मलाई देशको रक्षा गर भनेर,
सिमानामा तैनाथ गराइएको छ,
'म' यसकारण,
आफ्नो प्राणको आहुती दिन तयार छु,
कि,
मैले यि हातमा बन्दुक बोक्नु पूर्व,
काँधमा बम बारुढका टोप बोक्नु पूर्व,
आफुले आफैलाई सिपाही बनाउनु पूर्व,
एउटा प्रण गरेको थिए,
'म' मेरो प्राण रहे सम्म,
देशको सुरक्षा गर्नेछु,
आइ लाग्ने माथि जाइ लाग्नेछु,
मेरो देशलाई गिद्धे नजर लगाउने माथि
हाबी हुनेछु,
हो त्यसैले 'म'
यो छातिमा टोपका गोला खान तयार छुं,
मातृभूमिको लागी देह त्याग गर्न तयार छुं,
किनकी 'म' एउटा सिपाही हुँ,

मलाई मेरो मातृभुमी प्यारो लाग्छ,
रुँदै जन्मिएको जन्मथलो प्यारो लाग्छ,
अनि,
बहादुरी बोकेर सिमानामा उभिएको,
कर्मथलो प्यारो लाग्छ,
मलाई एउटा जिम्मा दिइएको छ,
यो सानो घरलाई बगैचा बना,
बगैचाभरी अनेकन् फुलहरु लगा,
तर,
बगैचामा भमराको प्रवेश निशेष गर,
पुतलीहरुलाई आमन्त्रित गर,
यो सानो घरको सुरक्षा तेरो हातमा छ,
यसलाई रक्षा गर्ने जिम्मा तेरो हो भनेर,
किनकी तँ एउटा सिपाही होस्,

हो मलाई मेरी आमाले,
यसै संसार देखाएकी होईनन,
कि मेरो अस्वृत्वमा दाग लागोस भनेर,
मेरो शरिरमा अरु कसैले,
आफ्नो हक् जमाओस् भनेर,
मलाई यस कारणले जन्माएकी हुन्,
मेरो सुपुत्रले मेरो रातो फरियामा दाग
लाग्न नदेओस्,
मेरो चन्द्रमुखी मुहारमा कालो बादलले छेक्न नदेओस,
मेरो निलो आँखामा
कसिङ्गर पस्न नदेओस् भनेर,
त्यसैले,
मलाई मेरी आमाको सुरक्षा गर्नुछ,
छोरामाथी राखिएको आशाको दिप बाल्नुछ,
आफ्नो प्राणको बलिदान दिएर पनि,
आमाको सुरक्षा गर्नुछ,
किनकी,
'म' एउटा सिपाही हुँ,
हो 'म' एउटा सिपाही हुँ.......
"
Admin:
अंकर 'अन्जान सहयात्री'
जानकी गाउँपालिका-8
जबलपुर, कैलाली

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu