बौलाहा कुकुरले टोकेको रेशम - दासु रतगैया

Monday, 16 October 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बौलाहा कुकुरले टोकेको रेशम

धन्य छ रेशम जि तपाईं लाई जानी जानी त्यो समाज मा पस्नु भो जहाँ बौलाहा कुकुरहरु को बगाल छ जो आफू बहुला भएर अरु लाई पनि बहुला बनाउन तोक्दै हिद्छन    जुन देशको मान्छेहरु आज तपाईं लाई एउटा देशदोर्ही को आरोप को बिल्ला तासिदिएका छन ! तर तपाईं मेरो  नजर मा एउटा बौलाहा रेशम थहरिनु भाको छ!
जब म साइद त्यति बेला ९/१० बर्ष को थिए होला त्यो बेला बिरलै घरमा टिभि हरु भेतिन्थे बेलका रातिमा टिभि हेर्नेको भिद हुन्थ्यो एक दिन यसो झुलुक्क हेर्न पाको बेला राष्ट्रिय गायक रेशम चौधरी भनेर त्यति बेला गित को बोल सुनेको थिए सासू ज्यु सासू खायो मेरो मासु हजुरको नक्कली छोरिले ! खै आज सपना जस्तो लाग्छ अझै थाहा छैन त्यहि रेशम हो या अरु रेडियो सुन्दा रेशम चौधरी को गाइजात्रा भनेर तितो अथार्थ का कुरा ले पेट मिचिमिची हास्थिम अनि मलाइ आफै मा एउटा थारु हुनु को गर्ब हुन्थ्यो जो थारु भनेको कमैया हो जमिनदार को घरमा बसेर चाकरी गर्छ तर त्यही थारु को छोरो आज नेपाल को ठुलो कलाकार पनि छ भनेर ! तपाई को लागि अपुग के थियो कला गला  साइद नेपाली समाज मा तपाईंको नाम नसुनेको बिरलै थिए ! हर चिज को खुबी भएको एउटा सच्चा सपूत जो गाउँ समाज मा बिकास को लागि प्रत्यक्ष रुपमा लागि परेर समाज को चिर्फार गर्ने स्वतन्त्र न्याय दाता उभाउनु भएको थियो आजको दुनियाँ संचार र मनोरञ्जन को सहयात्री ठाउ ठाउ मा एफएम  हरु त्यस बात कति जनता ज्ञान् समाज को एथार्थ घटना हरु बात जानकार भएको थिए अनि कला गला को बिकास सङगै रोजगार बात कति लाभान्वित थिए ! भने एउटा थारुको बिल्ला भिरेर थारुहरु  माथि राजनीति गर्ने सर्पको खोल ओढ्ने पद्को लोभमा काचुली फेर्ने गच्छदार र दहित जस्ता मन्त्री मन्द्लमा भासण गर्ने नेता पनि नपाको यो थारु  समाज पक्कै थिएन तपाईं लाई कुन बहुला कुकुर ले टोक्यो र आज बौलाहा जनताको लागि जो समाज सेवा को नाममा एउटा गम्दा राजनीति मा लाग्नु भयो तपाईं लाई ठुलो बिख जहर को नसा लाग्यो आज त्यही नसाले तपाईंको भुत भबिस्य र बर्तमान लाई तहस नहस पारेको छ के यहि बहुला जनता को खातिर !

अब बाकी रहेको त्यो भौतिक शरीरमा बौलाहा को बिख  भरिएको बाहेक केही देखेको जस्तो लाग्दैन अब यसरी बौलाउनुस कि सारा नेपाल फेरि त्रसियोस रेशम बौलायो अब केही गर्छ !र सबै मा यस्तो नसाले दस्नुस जो तपाईं मै मोहित होस तपाईं को इसारामा चलोस सबैलाई समेत्ने गरि तराई पहाड हिमाल जसरी पहिले फुल्नु भएकोथियो सुग्न्ध छर्दै फेरि त्यो स्वर ले नेपाल र नेपालिको मनमा बस्नुस र भाइचारा को सद्भाव  जगाउनुस र  फेरि एउतै सयपत्रिको माला बुनुस अनि नया नेपाल को सच्चा सपूत भएर देखाउनुस यहि नै तपाईं को बौलाहा को औषधि बन्ने छ भन्दै अन्य्था नअलिदिनु होला गल्ती भए माफ गरिदिनु !

लेखक :- दासु रतगैया

जय थरुहत जय नेपाल !!

©® दासु रतगैया को ब्यक्तिग फेसबुक प्रोफाइल बाट हूबहू साभार गरिएको

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu