[[कबिता]]
(पुनरावृत्ति एउटा इतिहासको)
"
जहाँ बसाउछ बारुदका धुँवादार गन्धहरू
अनिवार्य
त्यहाँ चन्दनका नरम लेपहरू
असरदार देखिने सवालै उठ्दैन
जहाँ स्विकारिन्छ्न हिटलरहरू
इमान्दार प्रतिबद्ध नियममा त्यहाँ बुद्धत्वहरू
मार्ग भड्किएका अराजकवादी
तत्व नकहलिने त सवालै उठ्दैन
जहाँ टकराउछ्न धारिला तरबारहरू
अरे त्यहाँ कसरी टकराउथ्यो
भाषाबिहिन बनेको दर्दपुर्ण मौनता
जहाँ देखिन्छ्न प्रसस्तै बलवान भिमसेनहरु
त्यहाँ निर्धाहरू अशक्त असाहयहरू
भिडभाड बिच नकुल्चिने सवालै उठ्दैन
कानै फुटाउने आधुनिक बमको
बिस्फोटक आवाजलाइ
सुमधुर लोरिको धुन स्विकार गरेर
सत्ताको आनंददायी सिंहासनमा
मस्त निदाएको सरकार कहाँ सुन्छ
शान्तिका सुरिला जपहरू
सुमधुर र मिठा कणपृय आवाजहरू
आखिर कसरी सोच्यौ तिमिले ?
लगातारको मौनता र
भोक प्यासको अनसनले अन्तरालको
अबिराम निद्राबाट ब्युझने छन भनेर
यी स्वचालित कुम्भकर्णहरू
भन कसरी सोच्यौ तिमिले ?
यो दर्दपुर्ण मौनताको श्रबण गर्नेछन
महसुस गर्नेछन भनेर
यी कानमा एयरफोन लगाएका हृदयबिहिन
नक्कली बहिराहरूछ्न त इतिहास साक्षी छ
यो पहिलो पटक होइन यस्तो भएको
हिजो गान्धी पागल कहलिए इतिहास साक्षी छ
बुद्ध बौलाह बोलाइएर आज त्यही इतिहासको
दस्ताबेजबाट केही परिमार्जित गरेर
केहि हेरफेर गरेर
एउटा पेज पुनरावृत्ति गरिदियो
बर्तमान तिमिलाइ नियम बिरोधि घोषित गरेर
अराजकताको पंतिमा उभ्याएर
तिमिलाइ पागलको उपाधी भिराइदिएर ।
"
सुमिना 'अभिलाषी'
- बुटवल -
Admin: अंकर 'अन्जान सहयात्री'
